सरकारमा सर्वसत्तावाद हाबी भयो : ऐन महर

सरकारमा सर्वसत्तावाद हाबी भयो : ऐन महर
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारमा सर्वसत्तावाद हावी भएको बताएका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा महरले संविधान, ऐन कानून भन्दा माथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारमा सर्वसत्तावाद हावी भएको बताएका हुन् ।

उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरुको प्रश्न रहेको बताए । निरन्तरतामा क्रमभङ्गताका नाममा प्रचलित सबै अभ्यास र कानूनहरुलाई नजरअन्दाज गरेर फरक ढङ्गले प्रधानमन्त्री अघि बढ्न खोजेको उनले आरोप लगाए ।

उनले सदनलाइ सरकारको छायाँ जस्तो गरी सभामुखको कार्यशैली उन्मुख देखिएकाले आफूहरुले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध जनाएको बताए । सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफूहरुको रहर नभएको उनको भनाइ छ ।

उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे । त्यस्तै उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.