निर्माणाधीन पुलको खाल्डोको पानीमा डुबेर दिदी–बहिनीको मृत्यु

निर्माणाधीन पुलको खाल्डोको पानीमा डुबेर दिदी–बहिनीको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा गएका थिए । सोमबार बिहान ११ बजेतिर खेतमा गएका बेला हजुरबुबा किशोरीले ती दुवै बालिकालाई तिमीहरु यहिँ बस म तिमीहरुको हजुरआमालाई बोलाएर ल्याउँछु भनेर खेतमै छाडेर गएका थिए । केहि बेरपछि उनी फर्किएर खेतमा आउँदा ती दुवै बालिका त्यहाँ थिएनन् । 

त्यसपछि अभिभावकहरुले गाउँघर र आफन्तकोमा खोजतलास गर्दा नभेटिएपछि ती दुवै बालिकाकी आमा अन्तिमा देवीले खोजतलासका लागि सोमबार नै राति ईलाका प्रहरी कार्यालय सुगौलीमा जानकारी गराएकी दिएकी थिइन् ।

त्यसपछि खोजीमा जुटेको प्रहरीले खोजतलासकै क्रममा मंगलबार बिहान ६ बजेतिर वडा नम्बर २६ मै पर्ने चक्रदहस्थित निर्माणाधिन पुल नजिक रहेको खाल्डोमा जमेको पानी डुबेर दुवै बालिका मृत अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । दुवै बालिकाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.