पोस्टमार्टमपछि अनुसन्धान : रोकेर राखिएको ट्रकमुनि सुतेका ऋषिदेवको गुडेपछि किचेर मृत्यु

पोस्टमार्टमपछि अनुसन्धान : रोकेर राखिएको ट्रकमुनि सुतेका ऋषिदेवको गुडेपछि किचेर मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु सामान्य रूपमा लडेर नभई ट्रकले किचेर भएको तथ्य पोस्टमार्टमपछि खुलेको छ । घटनाको वास्तविकता सार्वजनिक भएपछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।

सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा गाउँपालिका–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते आइतबार साँझ करिब ६:३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए । उनको उद्धार गरी उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यसपछि शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्टले त्यसलाई पुष्टि गरेन । रिपोर्टमा अन्य कारणबाट मृत्यु भएको देखिएपछि प्रहरीले घटनाको नयाँ कोणबाट अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा मृतक रोकेर राखिएको ना ७ ख ७८८ नम्बरको ट्रकमुनि गएर सुतेको र चालकले त्यसका बारेमा जानकारी नपाई ट्रक अगाडि बढाउँदा चक्काले किचेर उनको मृत्यु भएको खुलेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार घटनामा संलग्न ट्रक र चालक झापाको कचनकवल गाउँपालिका–१ निवासी ३० वर्षीय हरि थापालाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको छ । 

चालकको लापरबाहीका कारण दुर्घटना भएको देखिएको मिश्रले बताए । पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता खुलेसँगै ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.