जुत्ताको सोलमा ब्राउन सुगर लुकाएर जहाजमार्फत काठमाडौं पठाउन खोजेपछि...

जुत्ताको सोलमा ब्राउन सुगर लुकाएर जहाजमार्फत काठमाडौं पठाउन खोजेपछि...
सुन्नुहोस्

विराटनगर : जुत्ताको सोलभित्र लुकाएर कुरियरमार्फत जहाजबाट लागुऔषध ब्राउन सुगर काठमाडौं पठाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागुऔषध फेला परेपछि विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। मोरङका प्रहरी प्रमुख एसपी कटवालका अनुसार जुत्ताभित्रबाट १८ दशमलव ४८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । 

बुधबार साँझ करिब ७ बजेतिर विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु निवासी अशोक विश्वकर्माको नाममा सेतो रङको खेलकुद जुत्ता पठाउन खोजिएको थियो । 

उक्त पार्सल विराटनगर–४ स्थित विराटनगर विमानस्थलमा रहेको एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताभित्र शंकास्पद वस्तु देखिएपछि पार्सल खोलेर परीक्षण गरेको थियो । जाँचका क्रममा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउनका लागि खड्कालाई जिम्मा दिएको खुलेको छ । 
फरार रहेका झाको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई बरामद गरिएको लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको एसपी कटवालले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.