उपचारका क्रममा जयप्रकाशको पनि मृत्यु, देवानगन्ज घटनामा मृतकको संख्या दुई पुग्यो

उपचारका क्रममा जयप्रकाशको पनि मृत्यु, देवानगन्ज घटनामा मृतकको संख्या दुई पुग्यो
फाइल तस्बिर ।
सुन्नुहोस्

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि उपचारकै क्रममा मृत्यु भएको छ । यससँगै देवानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेका बेला बिहीबार दिउँसो १ :२४ बजे मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । गोली लाग्दा जयप्रकाशको पेटमा गम्भीर चोट लागेर आन्द्रा बाहिर निस्किएको थियो । 

उनको सोमबार शल्यक्रिया गरिएको भए पनि अवस्था सुधार हुन नसकेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव अस्पतालमै राखिएको छ ।

आइतबार राति कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही राति उपचारका लागि न्युरो अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

घटनामा गोली लागेर १० जना घाइते भएका थिए । उनीहरूमध्ये दुईजनाको मृत्यु भइसकेको छ भने बाँकी आठजनाको विराटनगरस्थित न्युरो अस्पताल,विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये रवीन्द्रकुमार मेहता र अमित यादवको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी,तोडफोड,लुटपाट र आक्रमणका घटना भएपछि जिल्ला तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश अझै कायम राखेको छ । जिल्लाको अवस्था बुधबारदेखि क्रमशः सामान्य बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.