विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको देवानगन्ज जाँदै

विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको देवानगन्ज जाँदै
फाइल तस्बिर

विराटनगर : गृहमन्त्री सुधन गुरुङ अहिले साँझ विराटनगर आइपुगेका छन्। बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थलमा ओर्लिएका उनी सिधै सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जतर्फ जानेछन्। 

गृहमन्त्री आएसँगै मोरङ र सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। कप्तानगन्जमा पुगेर उनले गोलीकाण्ड भएको घटनास्थलको स्थलगत अनुगमन गर्ने छन्। गृहमन्त्रीले सुनसरी भ्रमणका क्रममा घटनास्थलको वस्तुस्थिति बुझ्ने, सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने तथा पछिल्लो अवस्थाका बारेमा जानकारी लिने बताइन्छ।

गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई पनि भेट्ने बताइएको छ। गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बन्दै गएको छ।

मृत्यु हुनेको संख्या बिहीबारसम्म दुई पुगिसकेको छ। उक्त घटनाको विरोधमा उत्रिएका समूहमाथि गोली चलाउँदा सिराहमा पनि बिहीबार एक किशोरको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.