कर्मचारी भन्छन्– सर्भरकै समस्या हो

अनलाइन हैन, लाइन बस्दा पनि पाइएन राहदानी

अनलाइन हैन, लाइन बस्दा पनि पाइएन राहदानी
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहीबार लाइनमा बसेका सेवाग्राही। तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

सरकारले घरघरमा पासपोर्ट वितरण गरेको भने पनि त्यो ‘स्टन्टबाजी’मात्रै भएको उनी बताउँछिन्।

काठमाडौं : नेपालगन्ज–१९, बाँकेका रमेश पुनमगर बिहानै त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्छन्। तर, सर्भर चलेको छैन भन्दै कर्मचारीले उनलाई रित्तै फर्काइदिन्छन्।

ईपीएस परीक्षाको फाराम भर्नुपर्ने भएकाले उनलाई जतिसक्दो चाँडो राहदानी चाहिएको छ। पाँच दिन धाउँदा पनि राहदानी हात नपरेपछि उनी चिन्तित छन्, किनकि ईपीएसको फाराम भर्ने म्याद अब तीन दिनमात्र बाँकी छ। ‘ईपीएस परीक्षाका लागि फाराम भर्नुछ भनेर मैले कति दिन आग्रह गरिसकेँ,’ उनी भन्छन्, ‘तर कर्मचारीहरूले बेवास्ता गर्दै तपाईं जानुस्, काम हुन्छ भनेर फर्काइदिनुहुन्छ। ईपीएसको फाराम भर्न छुट्ने हो कि भन्ने चिन्ता मनमा छ।’null

आफूले काम गरिदिन हात, खुट्टा ढोग्दा पनि आश्वासन मात्रै पाइरहेको गुनासो उनले गरे। नयाँ सरकारले पासपोर्ट घरमै पुर्‍याइदिने आश्वासन दिए पनि विभागमै पुगेका सेवाग्राहीलाई पासपोर्ट दिन नसकेको उनी बताउँछन्।

काठमाडौं नैकापकी संगीता भट्ट पनि केही दिनदेखि राहदानीकै समस्या बोकेर विभाग धाइरहेकी छन्। हरेक दिन घण्टौं लाइनमा बसेर आफ्नो पालो पर्खिन्छिन्, तर हरेक दिन विभागका कर्मचारीले केही न केही समस्या देखाएर राहदानी बनाउन नपाएको उनको गुनासो छ। राहदानी लिन कर्मचारीले १ बजेको समय दिने गरे पनि ३ बजेसम्म कुर्दा पनि पालो नपाएपछि उनी विचलित छिन्। 

सरकारले घरघरमा पासपोर्ट वितरण गरेको भने पनि त्यो ‘स्टन्टबाजी’मात्रै भएको उनी बताउँछिन्। ‘सिस्टममा परिवर्तन आउनुपर्छ। एउटा समय दिने अनि दिएको समयमा पनि काम नगर्ने ? ६ बजेदेखि लाइनमा बसेको ३ बज्दा पनि पालो आउँदैन। खै कहाँ छ सरकार ? घरघरमा पासपोर्ट कस–कसकोमा पुग्यो ?’ उनको आक्रोश थियो, ‘विभागमै आउँदा त दिनहुँ घण्टौं लाइन बस्नुपर्छ, यही हो ?’

सप्तरीका सुधांशु कुँवर सिंह पनि तीन दिनदेखि राहदानी पाउने आशमा लाइन लागेर पालो कुरिरहेका छन्। राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न बाँकी रहेको जानकारी पाएपछि उनी परिचयपत्र अपडेट गराउन धाइरहेका छन्। 

‘बिग्रेको सामान्य कामलाई बनाउनसमेत दुई–तीन दिन धाउनुपर्छ। कर्मचारीहरू सिस्टममा काम हुन्छ भन्नुहुन्छ, तर यो सिस्टमले अझ काममा ढिलाइ भइरहेको छ,’ उनले भने।

बिहान सबेरैदेखि लाइन बसेर पालो कुरिरहेका नागरिक दिनभरको तातो घाम, भोक–प्यास नभनी आफ्नो पालो पर्खिरहेका देखिन्थे। विभागको पार्किङदेखि भवनभित्रसम्म घण्टौँको पर्खाइपछि पनि पालो नआउँदा सेवाग्राहीको अनुहार धमिलो हुँदै गएको प्रत्यक्ष अनुभव गर्न सकिन्थ्यो। तर पनि राहदानी पाउने आशमा उनीहरू लाइनमा आफ्नो नामको प्रतीक्षा गरिरहेका थिए।null

विभागका शाखा अधिकृत सुरेन्द्र बोहोराका अनुसार अहिले दुई सिफ्टमा काम भइरहेको छ। उनका अनुसार राति ९ः३० बजेसम्म काम हुने गरेको छ। ईपीएस आवेदनकर्तालाई मध्यनजर गर्दै विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा काम गरिरहेको सूचना जारी गरेको छ। जसअनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि सुरु हुन्छ भने दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ। साथै, बढ्दो भिडका कारण विभागले सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा निरन्तर दिइने जनाएको छ।

चाप बढेसँगै विभागले दैनिक १५ सय राहदानी छपाइ गर्न थालेको छ। विद्युतीय राहदानी नेपालका ७७ वटै जिल्लामा मात्र नभई नेपाली नियोगमार्फत विदेशमा समेत उपलब्ध गराइरहेको विभागको विज्ञप्तिमा उल्लेख छ।

विद्युतीय राहदानी औपचारिक रूपमा २०७८ साल मंसिर १ गतेदेखि सुरु भएको हो। प्रारम्भिक समयमा दैनिक एक सय वटा मात्र राहदानी जारी हुने गरेकोमा हाल दैनिक १५ सय राहदानी छपाइ गर्दै विभागले उल्लेखनीय प्रगति गरिरहेको जनाएको छ।

थेग्नै नसक्ने चाप भयो
दीपक बञ्जाडे -प्रवक्ता, राहदानी विभाग

अहिले यसको यो अलि विविध कारणले गर्दा एकाएक चाप बढेको हो। हामीले आजबाट दुइटा सिफ्ट गर्ने भनेर ल्यायौं। कर्मचारी त तिनै हुन्, तिनै कर्मचारीलाई सिफ्ट गर्‍यौं। 

पहिला तिनै कर्मचारी ९–५ बस्थे, अहिले तिनै कर्मचारीलाई सिफ्ट गरेर दुइटा ग्रुप बनायौं। हामीले भोलिबाट अरू ५० जना जति कर्मचारी माग गरेका छौं गृह र परराष्ट्रतिरबाट। उहाँहरू आउनुभयो भने अझ सहज हुन्छ।

अहिले चाप धेरै भयो। सोमबार त दुई हजारभन्दा बढी मान्छे सम्हालेका थियौं। त्यसपछि एभरेजमा लगभग २० हजार फारामहरू आएका छन्। हामी लगभग पहिले ६ बजेदेखि ९ सम्म खट्थ्यौं भने अहिले बिहान ७ देखि राति ९–१० सम्म नै काम भइरहेको छ।null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.