आइसीसी एक दिवसीय विश्वकप २०२७ : तीन देशको १२ भेन्यूमा हुने
काठमाडौं : आइसीसी एक दिवसीय विश्वकप–२०२७ तीन देशको १२ भेन्यूमा आयोजना हुने भएको छ । दक्षिण अफ्रिका, जिम्बावे र नामिबीयाले संयुक्त रुपमा आयोजना गर्ने यस प्रतियोगितामा १४ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि दक्षिण अफ्रिकाको ८ वटा भेन्यू, जिम्बावेको ३ भेन्यू र नामिबीयाको १ भेन्यूमा खेल हुनेछ । दक्षिण अफ्रिकाको जोहान्सबर्ग, सेन्चुरियन, डरबर्न, गेबेरहा, कुगोम्पो सिटी, केप टाउन, पार्ल र ब्लोमफोन्टिन मा २०२७ को विश्वकपको खेलहरु आयोजना हुनेछन् । जिम्बावेको ३ भेन्यूमा खेल हुनेछ । हरारे, बुलावायो र भिक्टोरियामा विश्वकपका ७ देखि १० खेल आयोजना हुने बताइएको छ ।
नामिबियाको भने १ मात्र भेन्यू विश्वकपको लागि छनोट भएको छ । विन्डोकमा विश्वकप २०२७ को ३ खेल सञ्चालन हुने बताइएको छ । एक दिवसीय विश्वकप २४ वर्षपछि दक्षिण अफ्रिकामा फर्किएको हो । सन् २००३ मा जिम्बावे र केन्याले विश्वकप आयोजना गरिएको थियो । सन् २००७ मा दक्षिण अफ्रिकामा पुरुषको टी–२० विश्वकप आयोजना भएको थियो ।
सन् २०२३ मा महिलाको टी–२० विश्वकप, सन् २०२३ मा यू–१९ महिला र पुरुष विश्वकप एक दिवसीय विश्वकप आयोजना भएको थियो । नामिबियाले भने पहिलो पटक आइसीसीको सिनियर प्रतियोगिता आयोजना गर्नेछ । यसअघि, नामिबियाले जिम्बावे र नामिबियाले यू–१९ विश्वकपको आयोजना गरेको थियो।
प्रतिक्रिया दिनुहोस !