सुकुमबासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षाको अधिकार हनन हुँदैन : मन्त्री पोखरेल


काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले योग्यता प्रणालीलाई सुदृढ बनाउन विश्वविद्यालयमा यसअघि भएका मनोनयन खारेज गरिएको बताएका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले सुशासन र योग्यता प्रणालीलाई सुदृढ बनाउन यसअघि भएका मनोनयन खारेज गरिएको बताएका हुन् । उनले हाल नौवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेको भन्दै अन्य रिक्त पदहरुमा पनि पदपूर्तिको प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

मन्त्री पोखरेलले उच्च शिक्षाको शैक्षिक वातावरण सुधार गर्न सबै विश्व विद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको बताए । उनले छिटो नजिता सार्वजनिक गर्दा त्रुटी भएको भन्ने बिषय सहि नभएको बताए ।

साथै मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षाको अधिकार हनन हुने काम सरकारबाट नहुने उल्लेख गर्दै विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए । राष्ट्रियसभा बैठकले पूर्व सांसद गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते सोमबार बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.