गृहमन्त्री सिरहाको लहानमा, मृतक यादवको घरमा जानेबारे छलफल
सिरहा : गृहमन्त्री सुदन गुरुङ सिरहाको लहान आइपुगेका छन्। सिरहा आइपुगे लगत्तै उनी सुरक्षा निकाय र रास्वपा सांसदहरुसँग छलफलमा जुटेका छन्।
लहान नगरपालिका कार्यालयमा सुरक्षा निकाय र सांसदहरूसँग मृतक गणेश यादवको घर कतिबेला जानेबारे छलफल सुरु गरेका छन्। सुनसरीको घटनालाई लिएर हिजो सिरहाको गोलबजारमा आन्दोलनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो।
आजै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रास्वपा सांसद पुरुषोत्तम यादवसिहत सुरक्षाकर्मीहरु मृतक यादवको घर पुगेका थिए। त्यहाँ केहीलाई नियन्त्रणमा लिन प्रजिअले प्रहरीलाई भनेका थिए। त्यसपछि विवाद भएको थियो।
नियन्त्रणमा नलिने भएपछि भनेर विवाद साम्य भएको थियो। त्यहाँबाट सांसद र प्रजिअ गइसकेपछि स्थानीयवासीले गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए। नाराबाजी भएका कारण आजै गणेश यादवको घरमा जाने/नजाने छलफल भइरहेको छ। गृहमन्त्री आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
छलफलमा पूर्वमन्त्री तथा सांसद बब्लु गुप्ता, शिव यादव र पुरुषोत्तम यादव छन्।
प्रतिक्रिया दिनुहोस !