साम्प्रदायिक द्वन्द्वबारे निजी क्षेत्र : ‘तनाव लम्बिन दिनु हुँदैन’

साम्प्रदायिक द्वन्द्वबारे निजी क्षेत्र : ‘तनाव लम्बिन दिनु हुँदैन’

काठमाडौं : तराई–मधेसका केही जिल्लामा धार्मिक विवादपछि उत्पन्न तनाव साम्य पार्न निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।निजी क्षेत्रका नेतृत्वकर्ताहरूले सरकारसहित सबै पक्षलाई संयमित बन्न, निरन्तर संवाद गर्न र सामाजिक एकता जोगाउन आग्रह गरेका छन्।कुनै पनि विवादलाई हिंसातर्फ लैजानुभन्दा संवाद, सहकार्य र सहिष्णुताका माध्यमबाट समाधान खोज्नुपर्नेमा उनीहरूको जोड छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सद्भाव कायम राख्न महासंघले केन्द्रदेखि स्थानीय तहसम्म ‘सद्भाव  र्‍याली’ आयोजना गर्न निर्देशन दिइसकेको जानकारी दिए।‘महासंघले केन्द्रीय तहबाटै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सद्भाव  र्‍याली निकाल्न निर्देशनात्मक पत्र पठाइसकेको छ,’ सरकार समस्या समाधानमा सकारात्मक रहेको बताउँदै उनले भने।विवादको कारणबारे सरकारले छानबिन गरिरहेको र समाधानका लागि सरकार सकारात्मक देखिएको उनको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले वर्तमान परिस्थितिमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताए।‘खुला संवाद, पारदर्शिता र निष्पक्षताका आधारमा समन्वय गर्नुपर्छ,’ अग्रवालले भने, ‘धार्मिक अगुवा, सामाजिक संघ–संस्था, युवा, नागरिक समाज, सञ्चारमाध्यम र निजी क्षेत्रले एकताको वातावरण निर्माणमा सक्रिय योगदान पुर्‍याउनु आवश्यक छ।’ विविधता नै नेपालको ठूलो शक्ति भएकाले आपसी सम्मान र सहअस्तित्व जोगाउनुपर्नेमा उनले जोड दिए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले समाजका सबै वर्गलाई जिम्मेवार बन्न र सरकारलाई परिस्थितिको संवेदनशील ढंगले व्यवस्थापन गर्न आग्रह गरे।‘यसमा राजनीतिक प्रभावसमेत जोडिएकाले विषयलाई बुद्धिमतापूर्वक र संवेदनशीलताका साथ समाधान गरिनुपर्छ,’ उनको भनाइ छ, ‘तनाव लम्बिँदै गएमा यसले मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर पार्नेछ।’



सद्भाव र्‍याली गर्न भनेका छौं

null

सुरकृष्ण वैद्य,
वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

समस्याको मुख्य कारण सरकारको छानबिनपछि स्पष्ट हुनेछ।महासंघले केन्द्रीय तहबाटै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सद्भाव ¥याली निकाल्न निर्देशनात्मक पत्र पठाइसकेको छ।सरकार समस्या समाधानमा सकारात्मक देखिन्छ।
अहिले केन्द्रीय तहमा सरकार र धर्मगुरुहरू एकै ठाउँमा बसेर सद्भावको सन्देश दिनु आवश्यक छ।सद्भाव कायम राख्ने दायित्व सरकारको मात्र नभई आम नागरिकको पनि भएकाले सबैले संयमता अपनाउनुपर्छ।


संवादबाटै समस्याको समाधान

null

कमलेशकुमार अग्रवाल,
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

अहिलेको परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकता प्राथमिक विषय हुन्।विविध धर्म, संस्कृति र समुदायबीचको सहअस्तित्व नै नेपालको प्रमुख शक्ति हो। नागरिकहरू अफवाह, भ्रामक सूचना र हिंसात्मक गतिविधिबाट टाढा रहनुपर्छ।

सम्बन्धित पक्षहरूले खुला संवाद, पारदर्शिता र निष्पक्षताका आधारमा समन्वय गर्नुपर्छ।धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा, नागरिक समाज, सञ्चारमाध्यम र निजी क्षेत्रले एकताको वातावरण निर्माणमा सक्रिय योगदान पुर्‍याउनु आवश्यक छ।


समाजका सबै वर्ग जिम्मेवार बन्नुपर्छ

null
वीरेन्द्रराज पाण्डे,
अध्यक्ष, नेपाल उद्योग परिसंघ

यस्तो संवेदनशील समयमा समाजका सबै वर्गले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउनुपर्छ।सरकारले पनि स्थितिलाई नियन्त्रण र व्यवस्थापन गर्न अझ गम्भीर हुनुपर्छ। यसमा राजनीतिक प्रभावसमेत जोडिएकाले विषयलाई बुद्धिमत्तापूर्वक र संवेदनशीलताका साथ समाधान गरिनुपर्छ। तनाव लम्बिँदै गएमा यसले मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर पार्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.