सशस्त्र प्रहरीका असईलाई तस्करको धम्की : ‘डीएसपीलाई दिएको १ लाख फिर्ता ल्याएर दे ,नत्र तलाई बाँधेर लैजान्छु’

सशस्त्र प्रहरीका असईलाई तस्करको धम्की : ‘डीएसपीलाई दिएको १ लाख फिर्ता ल्याएर दे ,नत्र तलाई बाँधेर लैजान्छु’
सुन्नुहोस्

वीरगन्ज : बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकास्थित सशस्त्र प्रहरी बल (प्रस्तावित) सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा तस्करसगँ एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडियो सार्वजनिक भएको छ।

उक्त गुल्म मातहतको नीलकण्ठवा सीमास्थित सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोस्टका इन्चार्ज सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केवश रानालाई एक तस्करले तस्करीको लाइन खोल्नका लागि डीएसपीलाई दिएको १ लाख रुपैयाँ फिर्ता नगरे बाँधेर लैजाने धम्की दिएको उक्त भिडियोमा सुनिन्छ। 

नीलकण्ठवा सीममा बर्दीमै खटिएका सशस्त्र प्रहरीकै अगाडि ती तस्करले सादा पोसाकमा रहेका सशस्त्र प्रहरीका असई रानालाई धम्क्याउँदै हिन्दी भाषामा भनेका छन्, ‘ब्याजमा पैसा खोजेर एक लाख रुपैयाँ दिएको छु , पैसा दिइसकेका पछि आज हुन्छ भोलि हुन्छ भन्दै तिमिहरूले टार्दै आएका छन्। कि मलाई काम गर्न देउ, किच् किच् नगर। कि मैले दिएको १ लाख रुपैयाँ तुरुन्त डीएसपीबाट मागेर फिर्ता ल्याएर देउ। होइन भने म तिमिलाई बाँधेर यहींबाट घिसारेर लैजान्छु।’

सशस्त्र प्रहरी सहायक निरीक्षक रानालाई गालीको शब्दसमेत प्रयोग गर्दै ती तस्करले भनेका छन् ,‘दुई चार रुपैयाँ कमाउनका लागि मैले तिमिलाई जे जे सामान मागेका छौं त्यो सब ल्याएर दिएकै छु। त्यसपछि रानाले केही दिन बाराको मटिअर्वा नाकामा आफैं आएर गृहमन्त्री सुधन गुरुङले सीमा नाकामा तस्करी रोक्न सुरक्षाकर्मीलाई दिएको निर्देशनको रेकर्डेड अडियो मोबाइलबाट ती तस्करलाई सुनाउँदै भनेका छन्, ‘ल यो सुन। अहिले अलि गाह्रो छ। पहिले समय अर्को थियो , अहिले समय अर्को भएको छ।’

त्यसपछि फेर रिसाउँदै ती तस्करले भनेका छन् ,‘पहिला एक टिपको २ हजार दिनु पर्थ्यो, अहिले ४ हजार दिनु परेको छ। हिजो राति ८ बजेतिर यही नाकाबाट अरूहरूले ८ वटा मोटरसाइकलमा मालको पोका टपाएका छन्। मैले कसैको दिल दुखाएको छैन, तर मेरो दिल सबैले दुखाएका छन्। तिमीले मलाई साथ दियौं भने म तिम्रो लागि ज्यानसमेत दिनसक्छु।’

ती तस्करलाई सम्झाउन थालेका सशस्त्र प्रहरी सहायक निरीक्षक रानाले भनेका छन्, ‘त्यस्तो कुरा नगर। मैले तिम्रो लागि गरेकै छु त। मेरो समस्या पनि पनि बुझिदिनु पर्छ तिमीले। पहिले हाकिम अर्कै थियो , अहिले अर्कै हाकिम आएको छ।’

यता सशस्त्र प्रहरी सहायक निरीक्षक रानाले पनि उक्त भिडियो सत्य भएको स्वीकारे। अन्नपूर्ण पोस्टसँगको टेलिफोन संवादमा रानाले भने,‘ उक्त घटना ५/७ दिन अगाडिको हो। त्यो तस्करले भिडियोमा मुखमा आएको जथाभावी बोलेको छ। तर पैसा लेनदेनको कुरामा कुनै सत्यता छैन। पछि म कहाँ आएर उस्ले गल्ती बोलेछु भन्दै माफी पनि मागी सकेको छ।’

यता तस्करले एक लाख रुपैयाँ दिएको आरोप लागेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाले भने आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको दाबी गरे। भिडियोमा देखिएका सशस्त्र प्रहरी सहायक निरीक्षक रानालाई आफूले शनिबार नै कार्यालयमा झिकाएर छानबिन सुरु गरिसकेको उनले बताए। 

अन्नपूर्ण पोस्टसँग उनले भने,‘ म पनि यहाँ आएको धेरै भएको छैन, नयाँ नै छु। तर आएदेखि नै यताको इलाकामा टाइट गरेको छु। आरोपित असई रानाको ती व्यक्तिहरूसँग पहिलाको सम्बन्धमा के थियो त्यो थाहा छैन। भिडियोका बारेमा एसपी सा’ब लाई पनि जाहेर गरिसकेको छु। यदि भिडियोमा बोलिएका कुराहरु सत्य हुन् भने सम्बन्धित व्यक्तिहरूलाई कारबाही हुन्छ। ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.