निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली व्यक्त

निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली व्यक्त
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 

उनले लेखेका छन्- ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ।’

उनले निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको र उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उल्लेख गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.