वीरगन्जको रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ युवक पक्राउ

वीरगन्जको रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गरेका ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी घटनाको विषयलाई लिएर वीरगन्जमा पनि दिनहुँ प्रदर्शन हुँदै आएको छ। वीरगन्जको रानीघाटमा शनिबार बिहान सडकमै टायर बालेर प्रदर्शन गरिरहेका ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

सडकमा टायर बालेर हुलदंगा गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। 

यता हिन्दुवादी अगुवाहरुले भने रानीघाटमा राति बजरंगबली–भगवान हनुमानको ब्यानर च्यातेर फालेको भेटिएपछि शनिबार बिहान हिन्दु युवाहरूले त्यसको विरोधमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेर चार जनालाई पक्रेर लगेको आरोप लगाएका छन्। 

उनीहरूलाई विना सर्त रिहा नगरिए अझ प्रदर्शन चर्काउने चेतावनीसमेत हिन्दुवादी अगुवाहरुले सामाजिक सञ्जालमार्फत दिएका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.