गोठाटारमा आगलागी : १४ सटरमा ठूलो क्षति


काठमाडौं : काठमाडौको गोकर्णेश्वर नगरपालिका–५, गोठाटार पहेंलो पुल नजिकै गए राति भीषण आगलागी हँदा १४ वटा सटरमा क्षति पुगेको छ ।
स्थानीय रविन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९ः१५ बजे आगलागी भएको हो ।

आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी सुरक्षा टोली परिचालन भएका थिए ।

अगलागी नियन्त्रणका लागि करिव १ सय ७५ प्रहरी परिचालन गरिएको थियो । सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको संयुक्त प्रयासमा राति ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूल पानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ । आगलागीबाट १४ वटा विभिन्न व्यवसाय सञ्चालित सटरहरूमा क्षति पुगेको छ ।  आगलागीका कारण व्यवसायीहरूको ठूलो भौतिक सम्पत्ति जलेर नष्ट भएको भए पनि कुल क्षतिको विस्तृत विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.