प्रतिबन्ध खुले नेपालले समूह ‘ए’ मा रहेर साफ च्याम्पियनसिप खेल्ने

प्रतिबन्ध खुले नेपालले समूह ‘ए’ मा रहेर साफ च्याम्पियनसिप खेल्ने
सुन्नुहोस्

काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण भएको छ । भुटानमा भएको ‘ड्र’ मा नेपाल बाहेक दक्षिण एसियाका ६ देशको समूह विभाजन भएको हो । साफका अनुसार यदि सेप्टेम्बर ३० सम्ममा नेपालको फिफा प्रतिबन्ध खुलेको खण्डमा नेपालले आयोजक राष्ट्र बंगलादेशको समूह ‘ए’ मा रहेर साफ खेल्ने सम्भावना रहेको छ । 

‘ड्र’ सुरु हुनु अगाडि नै साफले नेपालको सहभागिताको बारेमा जानकारी दिएको थियो । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेशसँग श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् । यदि ६ टिम भएको खण्डमा प्रतियोगितामा ९ खेल हुनेछ ।

जसमा लिग कम नकआउट प्रणालीमा खेल हुँदा हरेक टिमका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यदि नेपालले सहभागिता जनाएको खण्डमा १२ खेल हुनेछन् । जसमा ९ वटा लिगको खेल हुनेछ भने २ सेमिफाइनल र १ फाइनल हुनेछ । प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशको ढाकामा सञ्चालन हुनेछ । साफ च्याम्पियनसिपको १४ वटा संस्करण सम्पन्न हुँदा नेपाल १ पटक मात्र फाइनल पुगेको छ ।

नेपाल सन् २०२१ मा फाइनल प्रवेश गरेको थियो । नेपालले सन् २०२१ बाहेक १४ संस्करणमा ६ पटक सेमिफाइनलसम्म स्थान बनाएको छ । सन् १९९३, १९९५, १९९९, २०११, २०१३ र २०१८ मा नेपालले सेमिफाइनलसम्म स्थान बनाएको थियो । प्रतियोगिताको समय नजिकिँदै गर्दा नेपालका फुटबल खेलाडी तथा प्रशिक्षकले सम्बन्धित निकायलाई फिफाको प्रतिबन्ध खुलाउन आग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस र लेखहरु राखिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.