रोनाल्डो किन फर्किएनन् अल नासर ?

आर्थिक संकटको छायामा क्लब, अनिश्चित बन्दै पोर्चुगिज स्टारको भविष्य

रोनाल्डो किन फर्किएनन् अल नासर ?
सुन्नुहोस्

रियाद : क्रिस्टियानो रोनाल्डो र अल नासरबीचको सम्बन्ध फेरि एकपटक चर्चाको शिखरमा छ। साउदी अरेबियाको सबैभन्दा ठूलो नामका रूपमा स्थापित क्लबमा पोर्चुगिज स्टार रोनाल्डो फर्किने विषयले अहिले चर्चा बटुलेको हो। उनको अनुपस्थितिको वास्तविक कारणबारे अल नासर र रोनाल्डो स्वयम्ले स्पष्ट धारणा सार्वजनिक नगरे पनि क्लबको आर्थिक संकट, खेलाडी सरुवामा देखिएको अवरोध र व्यवस्थापनसँग जोडिएका असन्तुष्टिका कारण यो विषय थप पेचिलो बनेको हो।

पछिल्ला रिपोर्टअनुसार अल नासरमाथि ८० करोड साउदी रियालभन्दा बढी ऋणको बोझ छ। यही आर्थिक दबाबका कारण क्लबको नयाँ खेलाडी दर्ता र सरुवामा समस्या देखिएको र व्यवस्थापनमाथि थप कडा वित्तीय नियन्त्रणको अवस्था सिर्जना भएको बताइएको छ। केही रिपोर्टले खेलाडीको तलब भुक्तानीमासमेत ढिलाइ भएको दाबी गरेका छन्। 

यही पृष्ठभूमिमा रोनाल्डो किन अल नासरको तयारीमा फर्किएनन् भन्ने प्रश्न पनि जोडतोडले उठेको छ। यसको स्पष्ट उत्तर अहिलेसम्म सार्वजनिक गरिएको छैन। तर, घटनाक्रमलाई हेर्दा यी कारण उनी साउदी फर्किन आनाकानी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ती हुन्, क्लबको खेलकुद परियोजनाप्रतिको असन्तुष्टि, व्यवस्थापनसँगको सम्बन्धमा आएको तनाव र क्लबको वित्तीय अवस्थाप्रतिको चिन्ता।

रोनाल्डो अल नासरमा केवल एक खेलाडी मात्रै होइनन्। उनी क्लबको सबैभन्दा ठूलो ब्रान्ड र परियोजनाको केन्द्रबिन्दु हुन्। उनको आगमनपछि साउदी प्रो लिगले विश्वव्यापी चर्चा बटुलेको थियो। करिम बेन्जमा, नेमार, सादियो मानेजस्ता ठूला स्टार साउदी फुटबलमा आकर्षित भएका थिए। 
रोनाल्डोले विगतमा पनि क्लबको खेलकुद परियोजना बलियो बनाउन स्तरीय खेलाडी आवश्यक रहेको बताउँदै आएका थिए। जनवरीको सरुवा बजारमा क्लबले अपेक्षित खेलाडी भित्र्याउन नसकेको विषयलाई लिएर उनी असन्तुष्ट रहेको जनाइएको थियो। यसअघि पनि उनको अनुपस्थितिलाई क्लबको सरुवा गतिविधिप्रतिको असन्तुष्टिसँग जोडिएको थियो।

अल नासरले उनको चाहनाअनुसार टोली बलियो बनाउन नसकेको हो भने रोनाल्डोको अनुपस्थिति त्यसैको निरन्तरता रहेको जनाइएको छ। 
अल नासर आर्थिक संकटमा परेको चर्चा अहिले सबैभन्दा ठूलो विषय बनेको छ। केही अन्तर्राष्ट्रिय रिपोर्टअनुसार क्लबको ऋण ८० करोड साउदी रियालभन्दा माथि पुगेको छ। ऋणको बोझले क्लबको दैनिक सञ्चालनदेखि खेलाडी अनुबन्ध र नयाँ सिजनको तयारीसम्म प्रभावित बनेको बताइएको छ। क्लबको आर्थिक संकटका कारण खेलाडीको तलब भुक्तानीमा ढिलाइ भएको र नयाँ खेलाडी अनुबन्ध प्रक्रिया रोकिएको दाबीसमेत गरिएको छ। क्लबको आर्थिक अवस्था कमजोर हुँदा त्यसको पहिलो असर खेलाडीको मनोबल, नयाँ अनुबन्ध र टोलीको प्रतिस्पर्धात्मक क्षमतामा परेको जनाइएको छ।

अल नासरको आर्थिक संकटको चर्चा हुँदा स्वाभाविक रूपमा रोनाल्डोको नाम जोडिएर आउँछ। विश्व फुटबलकै सबैभन्दा महँगा खेलाडीमध्ये एक रहेका रोनाल्डोको पारिश्रमिक र उनीसँग जोडिएका अन्य आर्थिक दायित्व क्लबका लागि ठूलो आर्थिक दायित्व रहेको जनाइएको छ। त्यसैले क्लबको वित्तीय समस्या समाधान गर्न रोनाल्डोलाई बिदा गर्ने विकल्पबारे पनि बहस सुरु भएको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

तर, उनको आगमनपछि क्लबको अन्तर्राष्ट्रिय ब्रान्ड मूल्य, विश्वव्यापी चर्चा, प्रायोजन र व्यावसायिक सम्भावना बढेकाले रोनाल्डोलाई दोष लगाउने ठाउँ नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रोनाल्डोको उपस्थितिसँगै क्लबको आम्दानी बढे पनि उनको सम्झौतासँग जोडिएको ठूलो खर्चले वित्तीय दबाब पनि बढाएको जनाइएको छ। त्यसैले क्लबले रोनाल्डोलाई निरन्तरता दिने कि बिदा गर्ने भन्ने विषय मूल मुद्दा रहेको जनाइएको छ।  

त्यसैले रोनाल्डो साउदी किन फर्किएनन् भन्ने मात्र होइन, अल नासरले रोनाल्डोलाई केन्द्रमा राखेर सुरु गरेको महँगो फुटबल परियोजनालाई निरन्तरता दिन सक्छ ? भन्ने प्रश्न पनि महत्वपूर्ण रहेको जनाइएको छ। त्यसैले क्लबको आर्थिक संकट गहिरिँदै गयो भने रोनाल्डोको भविष्य मात्र होइन, साउदी फुटबलको ‘स्टार प्रोजेक्ट’ नै संकटमा पर्न सक्ने पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.