प्रि ओपन सेसनमा सेयर बजारमा भारी गिरावट
काठमाडौं : सोमबार प्रि ओपन सेसनमा सेयर बजारमा भारी गिरावट आएको छ। यो समयमा नेप्से परिसूचक २६.४२ अंकले घटेर २६५९.११ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ५९ वटा स्क्रिप्सको ९ हजार १० कित्ता सेयर २ करोड ७९ लाख ६ हजार ३३४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा ३८ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !