लिपमोटर बी०३एक्स नेपाल आइपुग्यो, छिट्टै औपचारिक लन्च हुँदै
अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बी०३एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक साग्रिला मोटर्सले यो बहप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यकमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। 'इन्ट्रेलिजेन्ट अर्बन मोबिलिटी' को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर बी०३एक्स ले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयुभीले ५०५ किलोमिटरसम्मको प्रभावकारी रेन्ज प्रदान गर्छ।
साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ। सुरक्षाका दृष्टिले यसमा 'एडिएस लेभल २' प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। विश्वव्यापी रूपमा मासेराटी, जीप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ।
चीनको नम्बर १ स्टार्ट-अप न्यु इनर्जी भेहिकल ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ। जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए। विश्वका ४० भन्दा बढी देशमा फैलिएको १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आपना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !