२३ लाख बढीको तस्करीको सामान बरामद

२३ लाख बढीको तस्करीको सामान बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : सशस्त्र प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट तस्करीको आशंकामा २३ लाख रुपैयाँ बढी मूल्यका सममान बरामद गरेको छ । वीरगन्जको गण्डक,छपकैया र इनर्वाबाट आइतबार र सोमबार गरी दुई दिनमा सशस्त्र प्रहरीले कपडा,हार्डवेयर, कम्प्युटर पार्टस,मोटरसाइकल पार्टस गरी २३ लाख ५८ हजार ९० रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगन्ज,बोर्ड आउटपोष्ट सिर्सिया र सीमा सुरक्षा गुल्म हेडक्वाटर भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तस्करीमा प्रयोग गरिएका म्याजिक भ्यान र टाँगासहित ती समान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए । 

बरामद सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको निरौलाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.