देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
सुन्नुहोस्

काठमाडौं : नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिजले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० जना च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।

हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्क बीचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो। सो क्रममा कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराइएको थियो। साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कम्पनीले पुनः दोहोर्‍याएको छ।

डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ। राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा प्रतिष्ठित लिट्मस एक्सिलेन्स अवार्ड सहितका विभिन्न विधामा पुरस्कार प्रदान गर्दै उत्कृष्टता, विश्वास र दीर्घकालीन साझेदारीको सम्मान गरिएको थियो।
 
कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दै भने, “लिट्मसका लागि गुणस्तर केवल प्राथमिकता होइन, हाम्रो ब्रान्डको आधार र प्रत्येक ग्राहकप्रति गरिएको प्रतिबद्धता हो। नेपालभर हाम्रो च्यानल पार्टनर नेटवर्कले हासिल गरेको उल्लेखनीय विस्तारप्रति हामी गौरवान्वित छौं। डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरित गरेको छ।”

कम्पनीका अनुसार लिट्मस इन्डस्ट्रिजको सफलता आफ्ना साझेदारहरूसँगको बलियो र दीर्घकालीन सम्बन्धमा आधारित छ। ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनलाई प्रवर्द्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.