सुरुङमार्गको दोस्रो अध्याय

सुरुङमार्गको दोस्रो अध्याय
सुन्नुहोस्

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आइसकेको छ। यसको निर्माणसँगै नेपाल सुरुङमार्गहरूको युगमा प्रवेश गरेको बताइँदै थियो। हो पनि नेपालमा अब एकपछि अर्काे सुरुङमार्ग निर्माण र निर्माण पूरा हुँदैछन्। निर्धारित समयमै काम पूरा भयो भने अब बुटवलबाट पोखरा पुग्ने राजमार्गमा अर्काे सुरुङमार्ग सञ्चालनमा आउँदैछ। आउँदो दसैंतिहारपछि सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा आउन सक्छ।

नेपालका लागि पूर्वाधार विकासका क्षेत्रमा यो अर्काे सुखद घुम्ती हुँदै छ। आर्थिक गतिविधि चलायमान हुने सहरहरू भैरहवा र बुटवलसँग पर्यटकीय सहर पोखरा जोड्ने बाटोको सिद्धबाबा क्षेत्र हरेक बर्खामा अवरुद्ध हुन्थ्यो। किनभने यो ठाउँ चुरे पहाडको कमलो पर्वत हो। जहाँ थोरै पानी पर्दा पनि पहिरो चलिहाल्छ। पानी पर्‍यो कि पहिरो चल्यो हुँदै आएको छ यहाँ। अनि गएका तीन वर्षमा मात्रै पनि पहिरोमा १० जनाले ज्यान गुमाएका छन्। भैरहवासँग पोखरा जोडिने सडक बनेयता त सयौंको ज्यान गएको छ।

नागढुंगा सुरुङमार्गले देशको राजधानीसँग बाँकी मुलुकसँगको दूरी छोट्ट्याएको छ। उकालो र जामबाट मुक्ति दिएको छ। सिद्धबाबाको प्रयोजन ज्यानै जोगाउनेसम्म हुँदैछ, किनभने यसको मूल उद्देश्य पहिरो छल्ने वैकिल्पक मार्ग तयार गर्नु हो र त्यहीअनुसार नै बनेको छ। यो साधारण सुरुङ निर्माण होइन, यो पूर्वाधारको नीति कार्यान्वयनको दोस्रो अध्याय हो। पोखरासँगै गण्डकी प्रदेशका जिल्लामात्र होइन, लुम्बिनीकै पाल्पासहितका जिल्लाका लागि पनि यो सुरुङमार्ग वरदानजस्तो हुँदैछ। जटिल भूगोल भएको पहाडी मुलुकका लागि जसै सुरुङमार्ग गतिलो विकल्प हो, त्यहीअनुसारले यस्ता पूर्वाधार निर्माण हुनुले सुखद र उज्यालो भविष्यको संकेत गर्छ। पर्यटकीय पोखरा सहर राजधानी काठमाडौंसँग भन्दा पहिला सडक यातायातबाट जोडिएको सिद्धार्थ राजमार्गबाट हो र भारतीय सिमानाका सुनौलीसम्मको त्यो सडकले सिंगो गण्डकी प्रदेशको आर्थिक उन्नतिमा ठूलो योगदान गरेको छ।

डेढ सय किलोमिटर दूरीका भैरहवा र पोखरा सहर घुमाउरो, घुम्ती नै घुम्ती भएको साँघुरो पहाडी राजमार्गबाट जोडिएका छन्। त्यसमाथि सिद्धबाबाको पहिरो सिद्धार्थ राजमार्गको एउटा ठूलो अभिशापजस्तो बनेको थियो। भारतसम्मका सुरक्षित यात्राको सुनिश्चितता सिद्धबाबा सुरुङमार्गले गर्नेछ। त्यो भनेको भारतीय पर्यटक ढुक्क हुँदै पोखरा पुग्ने वातावरण बन्नु पनि हो। तसर्थ नेपाली यात्रुको सुरक्षासँगै सिद्धबाबा सुरुङमार्गले पर्यटकलाई ढुक्क बनाउने छ र पर्यटक संख्या वृद्धिमा योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ। सिद्धबाबा सुरुङले पश्चिमी नेपालको आर्थिक संरचनामा सकारात्मक हस्तक्षेप गर्न सक्छ। दैनिक सात हजार सवारीसाधन यो सडकबाट गुड्छन्। तिनका लागि सास्तीबाट मुक्ति र हाइसुख प्राप्ति हुनेछ।

सिद्धबाबा सुरुङ पूरा हुनै लाग्दा थप आशा र आत्मविश्वास दुवै सिर्जना भएको छ। यस्ता बाटाहरू केवल यात्राका माध्यममात्रै होइन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्ने कडी नै हुन्। अनि त्यस्तै आत्मविश्वाससँगै देशको अर्थ व्यवस्थासमेत सकारात्मक दिशामा अघि बढ्ने हो। फेरि पनि जसरी नागढुंगा सुरुङमार्गको सुरक्षित सञ्चालन हाम्रो लागि चुनौती हो, त्यसैगरी सिद्धबाबाको शीघ्र निर्माण पूरा र कुशल कार्यान्वयन पनि। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.