भोजिन्हालाई चिलीमा भव्य स्वागत

भोजिन्हालाई चिलीमा भव्य स्वागत

एजेन्सी / लन्डन : केप भर्डेका चर्चित गोलरक्षक भोजिन्हाले फिफा विश्वकप २०२६ मा विशेष चर्चा बटुलेका थिए। ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाले फिफा विश्वकपमा केप भर्डेको ऐतिहासिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

विश्वकपको पहिलो खेलमै बलियो दाबेदार स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्नो टोलीलाई गोलरहित बराबरीमा रोक्न महŒवपूर्ण योगदान दिएका थिए। स्पेनले लगातार आक्रमण गरे पनि भोजिन्हाले सात उत्कृष्ट बचाउ गर्दै केप भर्डेको पोस्ट जोगाएका थिए। 

स्पेनविरुद्धको त्यो प्रदर्शनपछि भोजिन्हा विश्व फुटबलका नयाँ नायकका रूपमा उदाएका थिए। विश्वकपअघि सीमित फुटबलप्रेमीबीच मात्र परिचित रहेका उनी एकै खेलपछि सामाजिक सञ्जालमा समेत चर्चाको केन्द्र बनेका थिए। उनको इन्स्टाग्राम फलोअर्सको संख्यासमेत केही दिनमै लाखौंले बढेको थियो। उनै भोजिन्हालाई चिलीमा समर्थक र फुटबलप्रेमीले भव्य स्वागत गरेका थिए। चिलीमा भएको स्वागतका क्रममा समर्थकहरूले भोजिन्हालाई राष्ट्रिय हिरोको सम्मान दिएका थिए। उनको उत्कृष्ट गोलरक्षाको प्रशंसा गर्दै समर्थकले ताली बजाएर स्वागत गरेका थिए भने उनलाई हेर्न ठूलो संख्यामा फुटबलप्रेमी उपस्थित भएका थिए। 

भोजिन्हा व्यावसायिक फुटबल खेल्न जाँदा चिलीमा उनलाई भव्य स्वागत गरिएको हो। भोजिन्हा दक्षिण अमेरिकी राष्ट्र चिलीको कोलो–कोलो क्लबमा अनुबन्ध भएका छन्।  दक्षिण अमेरिकी फुटबलमा छुट्टै परिचय बनाएको कोलो–कोलोसँग भोजिन्हाले १८ महिनाको सम्झौता गरेका छन्। त्यही समझौता अनुरुप व्यावसायिक फुटबल खेल्न उनी चिली पुगेका हुन्।

विश्वकपमा आफ्नो देशलाई ऐतिहासिक उचाइमा पुर्‍याउने क्रममा देखाएको साहस र समर्पणका कारण भोजिन्हाप्रति विश्वभरको आकर्षण बढ्दो छ। केप भर्डे पहिलोपटक विश्वकपको मुख्य प्रतियोगितामा सहभागी भएको हो। सीमित स्रोतसाधन र करिब पाँच लाख जनसंख्या भएको सानो अफ्रिकी मुलुकले विश्व फुटबलका ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्दै देखाएको प्रदर्शनलाई ऐतिहासिक मानिएको छ। यस्तो अवस्थामा भोजिन्हाको प्रदर्शनले टोलीको आत्मविश्वास बढाउनुका साथै देशकै फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

भोजिन्हाको लोकप्रियता बढ्दै जाँदा उनको व्यक्तिगत जीवनसमेत चर्चामा आएको छ। विश्वकपका क्रममा उनकी आमाले अमेरिकामा पुगेर छोराको खेल प्रत्यक्ष हेर्न नसकेको विषय पनि चर्चामा आएको थियो। आर्थिक तथा भिसासम्बन्धी समस्याका कारण परिवार खेलस्थलमा उपस्थित हुन नसकेको भोजिन्हाको भावुक अभिव्यक्तिपछि उनको परिवारलाई सहयोग गर्न अमेरिकी अधिकारीहरूले समेत पहल गरेका थिए। 

सानो देश, ठूलो सपना र अनुभवी गोलरक्षकको अद्भुत प्रदर्शन, केप भर्डेको विश्वकप यात्रालाई यही कथाले परिभाषित गरेको थियो। त्यही कारण भोजिन्हाको नाम अब केप भर्डेको फुटबल इतिहासमा मात्र होइन, विश्वकपको रोमाञ्चक कथामा समेत विशेष रूपमा लेखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.