प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.०७ अंकले बढेर २६८५.४१ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५२ वटा स्क्रिप्सको ११ हजार ६७२ कित्ता सेयर ८१ लाख ३३ हजार ७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
यो सेसनमा इस्टर्न हाइड्रोपावरको सेयर ५ प्रतिशतले बढ्दा इभरेष्ट कलर लिमिटेड,होटल फरेस्ट र नेपाल वायरहाउस कम्पनीको सेयर ४.९९ले बढ्यो।
प्रतिक्रिया दिनुहोस !