एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ अर्बभन्दा बढी खुद नाफा आर्जन

एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
सुन्नुहोस्

काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले पहिलोपटक खुद नाफा ४ अर्ब रुपैयाँको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

प्रमुख वित्तीय झलकहरू:
• खुद नाफा: अघिल्लो वर्षको रु. २.८५ अर्बको तुलनामा ४०.६% ले वृद्धि भई रु. ४.०१ अर्ब पुगेको छ।

• वितरणयोग्य नाफा: कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८% कायम भएको छ।
• खुद ब्याज आम्दानी (NII): प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५% ले बढेर रु. ९.४२ अर्ब पुगेको छ।
• शुल्क तथा कमिसन आम्दानी: डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६% ले बढेर रु. २.८३ अर्ब पुगेको छ।
• खुद ट्रेडिङ आम्दानी: ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.०% ले वृद्धि भई रु. ६८१.४२ मिलियन पुगेको छ।
• प्रतिफल दरहरू: पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमश) ११.५८% र १.०४% रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.