इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई किन दिए अन्तिम चेतावनी ?

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई किन दिए अन्तिम चेतावनी ?
सुन्नुहोस्

इरान : इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम छ । यसैबीच इरानको शीर्ष नेतृत्वभित्र गम्भीर मतभेद देखिएको दाबी गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार इरानी सत्तामा आएको दरार गहिरिँदै गएको छ र सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति मसूद पेजेश्कियनलाई कथित रूपमा अन्तिम चेतावनी दिएका छन् ।

रिपोर्टअनुसार सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई फेरि राजीनामाको धम्की दिए तत्काल पदबाट हटाइने चेतावनी दिएका छन् । साथै उनले इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) का कमाण्डर अहमद वहिदीलाई पूर्ण समर्थन जनाएको पनि बताइएको छ । अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्ल्यु) ले वरिष्ठ धर्मगुरु मोहम्मद बाकिर खाराजीलाई उद्धृत गर्दै पेजेश्कियनले राजीनामाको धम्कीमार्फत सरकारी नीतिमा प्रभाव पार्ने प्रयास नगर्न चेतावनी दिइएको जनाएको छ ।

पेजेश्कियनले यसअघि पनि दिएका थिए राजीनामाको संकेत

यसअघि पनि राष्ट्रपति मसूद पेजेश्कियनले शीर्ष नेतृत्वसँगको असहमतिको कारण पटक–पटक राजीनामा दिने संकेत गरेका थिए । इजरायली सञ्चारमाध्यम च्यानल १४ का अनुसार सुरक्षा तथा विदेश नीतिसम्बन्धी निर्णय प्रक्रियामा आफूलाई बेवास्ता गरिएको भन्दै उनले यसअघि पनि राजीनामा दिन चाहेको बताएका थिए । मे र जुन महिनामा उनले सर्वोच्च नेतृत्वलाई औपचारिक पत्र लेखेर पद छाड्ने इच्छा व्यक्त गरेको बताइए पनि उनले आधिकारिक रूपमा राजीनामा भने बुझाएका थिएनन् ।

आइआरजीसीको बढ्दै प्रभाव
रिपोर्टहरूका अनुसार इरानको विदेश नीति र राष्ट्रिय सुरक्षासम्बन्धी निर्णयहरूमा आइआरजीसी कमाण्डर अहमद वहिदीको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । राष्ट्रपति पेजेश्कियनका निर्णयहरूलाई पछाडि पारिएको र सर्वोच्च नेतृत्वले आइआरजीसीलाई थप अधिकार दिएको दाबी गरिएको छ ।

यसले अमेरिकाप्रति इरानको नीति अझ कडा र आक्रामक बन्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक वार्तामार्फत सम्झौतामा फर्किन सकिने संकेत दिएका थिए । तर आइआरजीसी भने अमेरिकासँग वार्ताप्रति सधैं संशयपूर्ण रहँदै आएको मानिन्छ ।

अमेरिका–इरान वार्ताको अवस्था
नेतृत्वभित्र मतभेदका समाचार सार्वजनिक भइरहेका बेला इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभइरहेको स्पष्ट पारेको छ । इरानी पक्षले ट्रम्पको वार्तासम्बन्धी दाबीलाई असत्य भनेको छ ।

यद्यपि केही अन्तर्राष्ट्रिय रिपोर्टहरूले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा अमेरिका र इरानबीच अप्रत्यक्ष संवाद जारी रहेको दाबी गरेका छन् । साथै इरानी विदेशमन्त्री अब्बास अराघची अमेरिकी प्रतिनिधिहरूसँग अप्रत्यक्ष सम्पर्कमा रहेको पनि ती रिपोर्टहरूमा उल्लेख गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.