सेयर बजारमा उच्च अंकको गिरावट,कारोबार रकम घट्यो

सेयर बजारमा उच्च अंकको गिरावट,कारोबार रकम घट्यो

काठमाडौं : सेयर बजारमा उच्च अंकले गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा अडिएको छ।  नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ।

सोमबार परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ५९ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दोहोरो अंकले घटेको बजारमा एभरेष्ट कलर लिमिटेडको सेयर १५ प्रतिशतले बढ्यो। खानीखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्दा जोशी पावरको ५ प्रतिशतले बढ्यो।

यसदिन सप्तकोशी डेभलपमेन्टको सेयर सर्वाधिक १३.४३ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा कालिञ्चोक हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सिद्धार्थ बैंक र नेसनल हाइड्रो पावरले १६/१६  करोडको कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १४ करोड र रिडी पावरले १३ करोड मूल्य बराबरको सेयर कारोबार गरे। 

१३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।  मनु एण्ड प्रो,अदर्श र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशतले घटे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.