एयर इन्डियाको विमान अचानक ३०० फिट तल झर्‍यो, क्याबिन क्रुसहित १४ जना घाइते

एयर इन्डियाको विमान अचानक ३०० फिट तल झर्‍यो, क्याबिन क्रुसहित १४ जना घाइते
सुन्नुहोस्

भारत : थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई–२३७९ उडानमा मंगलबार अचानक तीव्र टर्बुलेन्स (हावाको अस्थिरता) भएपछि विमान करिब ३०० फिट तल झरेको  छ । यस घटनामा १० जना यात्रु र ४ जना क्याबिन क्रु सदस्य गरी १४ जना घाइते भएका छन् ।

क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् भने अन्यलाई सामान्य चोट लागेको बताइएको छ । विमान भने सुरक्षित रूपमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रूपमा विमानबाट बाहिरिएका छन् ।

एयर इन्डियाले के भन्यो ?

एयर इन्डियाले जारी गरेको आधिकारिक विज्ञप्तिमा फुकेटबाट दिल्लीका लागि उडेको एआई–२३७९ उडानमा टर्बुलेन्स जस्तो घटना भएको पुष्टि गरेको छ । कम्पनीका अनुसार यस क्रममा विमानको उचाइ केही समयका लागि अप्रत्याशित रूपमा घटेको थियो ।

उचाइमा आएको यस अचानक परिवर्तनका कारण केही यात्रु र चालक दलका सदस्य घाइते भएका हुन् । यद्यपि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण गरिएको र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको एयर इन्डियाले जनाएको छ ।

क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते
भारतको नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीका अनुसार पाइलटले दिएको प्रतिवेदनमा उडानका क्रममा विमान अचानक करिब ३०० फिट तल झरेको उल्लेख गरिएको छ । यस घटनाका कारण क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् । अर्का एक क्रु सदस्य पनि घाइते भएका छन् भने केही यात्रुलाई सामान्य चोट लागेको अधिकारीले बताएका छन् ।

घाइतेहरूको अस्पतालमा उपचार
अर्का एक अधिकारीका अनुसार घाइते यात्रु र चालकदलका सदस्यलाई तुरुन्तै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । उनीहरूमध्ये केहीलाई गुरुग्रामस्थित मेदान्ता अस्पताल र वसन्त कुञ्जस्थित इन्डिया स्पाइनल इन्जुरी सेन्टरमा थप उपचारका लागि भर्ना गरिएको छ ।

दिल्ली विमानस्थलमा उच्च सतर्कता
घटनाको जानकारी प्राप्त हुनासाथ दिल्ली विमानस्थल प्रशासनलाई सतर्क बनाइएको थियो । विमान अवतरण गर्ने बित्तिकै चिकित्सकहरूको टोली रनवे नजिक तयारी अवस्थामा रहेको थियो । घाइतेहरूलाई प्राथमिक उपचारपछि आवश्यक परेकालाई थप उपचारका लागि अस्पताल पठाइएको थियो । 

फुकेटबाट बिहान उडेको थियो विमान
उक्त विमान बिहान ८ः२५ बजे थाइल्याण्डको फुकेट विमानस्थलबाट उडेको थियो । करिब अढाइ घण्टाको उडानपछि बिहान ११ बजे दिल्ली पुगेको थियो । उडानका क्रममा यस्तो घटना भए पनि पाइलटले विमानलाई सुरक्षित नियन्त्रणमा राख्दै निर्धारित समयमा सफलतापूर्वक अवतरण गराएका थिए।

एयर इन्डियाले पुनः दोहोर्‍याउँदै सबै यात्रु र चालक दल सुरक्षित रहेको जनाएको छ । उपचार आवश्यक परेका घाइतेलाई विमानस्थलमै उपलब्ध स्वास्थ्य सेवामार्फत आवश्यक उपचारका लागि पठाइएको र यात्रुहरूलाई अनावश्यक रूपमा नआत्तिन आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.