शाओमीले सार्वजनिक गर्‍यो नयाँ साओमी वाच एस५ स्मार्ट वाच

शाओमीले सार्वजनिक गर्‍यो नयाँ साओमी वाच एस५ स्मार्ट वाच

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ साओमी वाच एस५ 46mm सार्वजनिक गरेको छ।

नयाँ स्मार्ट घडीमा १.४८ इन्चको AMOLED डिस्प्ले, ४८० * ४८० पिक्सेल रिजोलुसन, ३२३ PPI र २५०० निट्ससम्मको उच्च चमक रहेको छ, जसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ। स्टेनलेस स्टिल फ्रेम, विभिन्न बेजेल र स्ट्र्यापका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण यो हलुका, आकर्षक र आरामदायी रहेको कम्पनीले जनाएको छ।

यसमा ८१५mAh क्षमताको ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एक पटकको चार्जमै अधिकतम २१ दिनसम्म साथ दिन्छ। साथै, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂), निद्रा तथा अन्य स्वास्थ्य सूचकहरूको सटीक निगरानी गर्ने सुधारिएका सेन्सर र एल्गोरिदम समावेश छन्। साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र Sleep HRV जस्ता सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यबारे थप जानकारी उपलब्ध गराउँछन्।

खेलकुदप्रेमीका लागि यसमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड, डुअल-ब्यान्ड पाँच-प्रणालीयुक्त GNSS, तथा साइकल यात्राका लागि स्मार्टफोनसँग जोडिने रियल–टाइम ड्यासबोर्ड सुविधा उपलब्ध छ। नयाँ Passion Mode ले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता गतिविधिलाई पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी तथा उत्साह अभिव्यक्तिको विवरण अभिलेख राख्न सक्छ।

यस स्मार्ट घडीमा ब्लुटुथ ५.४, NFC, ५ATM पानी प्रतिरोधी क्षमता तथा प्रिमियम डिजाइनको संयोजन रहेको छ। आधुनिक जीवनशैली, स्वास्थ्य निगरानी र सक्रिय खेलकुद गतिविधिका लागि साओमी वाच एस५ 46mm उत्कृष्ट रोजाइ हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार साओमी वाच एस५ 46mm को नेपाली बजार मूल्य रु. ३९,९९९/- तोकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.