इस्लिङ्टन कलेजका विद्यार्थी पढाइसँगै विदेशी कम्पनीसँग काम गर्दै
काठमाडौं : इस्लिङ्टन कलेजका विद्यार्थी पढाइसँगसँगै अमेरिका, अस्ट्रेलिया र बेलायतका कम्पनीका परियोजनामा काम गरिरहेका छन्।
कलेजका अनुसार उद्योगसँगको सहकार्य, अन्तर्राष्ट्रियस्तरको तालिम तथा व्यावहारिक सिकाइमार्फत विश्वव्यापी कार्य वातावरणमा विद्यार्थीलाई काम गर्ने अवसर प्रदान गरिएको छ। सोही कार्यक्रमअन्तर्गत हाल २९ विद्यार्थी नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा संलग्न रहेको कलेजले जनाएको छ।
कलेजले विद्यार्थीलाई वास्तविक परियोजना, उद्योगमैत्री प्रयोगशाला, व्यावहारिक अभ्यास तथा कार्यअनुभवमार्फत रोजगारी बजारका लागि तयार पार्दै आएको जनाएको छ। कलेजका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीले अध्ययन र करिअरलाई सँगसँगै अघि बढाइरहेको बताए। उनले भने, ‘हाम्रा विद्यार्थीले डिग्री पूरा गर्ने कि करिअर सुरु गर्ने भन्ने दुविधामा बस्नु परेको छैन। उनीहरू अध्ययनसँगै अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन्।’
कलेजका अनुसार विद्यार्थीलाई तालिम प्रदान गरी साझेदार संस्था ग्लोबल टिम्स एआईमार्फत अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न परियोजनामा आबद्ध गरिएको हो। उक्त कलेजका विद्यार्थीहरूको क्षमता साझेदार संस्था पेक्सस टेकले पनि सकारात्मक रूपमा मूल्यांकन गरेको कलेजले जनाएको छ। पेक्सस टेकका प्रमुख कार्यकारी अधिकृत प्रशान्त केसीले इस्लिङ्टन कलेजका विद्यार्थी प्राविधिक रूपमा सक्षम रहेको र एआई–आधारित कार्य वातावरणमा सुरुदेखि नै काम गर्न सक्ने क्षमता रहेको बताए।
प्रतिक्रिया दिनुहोस !