रोमानियामा रेलको ठक्करबाट २ नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट २ नेपालीको मृत्यु

साउदी अरब : रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको  दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। 

रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका परिवारलाई जानकारी गराइसकिएको र मृतकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाउन समन्वय भइरहेको बताए ।

रोमानियामा कार्यरत मनिस थापाका अनुसार रेल दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल सडक खण्डमा  गत २ अगस्ट २६ (आइतबार) स्थानीय समय बिहान ३:२१ बजे भएको बताए। रेलमार्ग आसपासको क्षेत्र अँध्यारो तथा झाडीले ढाकिएको हुँदा आउँदै गरेको रेलको समयमै जानकारी नपाउँदा तीव्र गतिमा आएको रेलको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनीहरूसँगै रहेका अन्य दुई नेपाली कामदार भने रेलको हावाको चापले छेउको झाडीमा फालिँदा घाइते भएका थिए। घटनाको थप विवरण तथा दुर्घटनाको यथार्थ कारणबारे रोमानियाली प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। मृतक दुवै युवाको शव आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नेपाल पठाउने तयारी भइरहेको छ ।

रोजगारीको सिलसिलामा शान्तकुमार २७ मे २०२३ मा रोमानिया आएका थिए भने निश्चल ४ वर्ष अगाडि गएका थिए । सेम डे सोलुसन कम्पनीमा गएका उनीहरू टीआरके एजेन्सीमार्फत कुरिअर वायर हाउसमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.