अभिजीत दीपके पार्टी बनाएर चुनाव लड्न सक्छन्, तर यस्तो छ एक शर्त
भारत : अभिजीत दीपकेको निवासमा कक्रोच जनता पार्टी (सीजेपी) का पदाधिकारीहरूको बैठक बुधबारदेखि सुरु हुँदैछ । यसअघि उनले एक अन्तर्वार्तामा तत्काल राजनीतिमा आउने कुनै योजना नभएको बताएका छन् । तर, भविष्यमा राजनीतिमा आउने सम्भावनालाई भने उनले अस्वीकार गरेका छैनन् । उनका अनुसार यदि जनताले चाह्यो भने त्यसबारे विचार गर्न सकिन्छ ।
दीपकेले तत्काल राजनीतिमा प्रवेश गर्ने योजना नरहेको स्पष्ट पारे । तर उनले भने, ‘यदि अधिकांश जनताले चाहन्छन् भने म त्यसबारे सोच्न सक्छु ।’ साथै, जनताको माग भए भविष्यमा चुनाव लड्ने विषयमा पनि विचार गर्न सकिने बताए । उनले भने, ‘भारतमा राजनीतिक पार्टी बनाउनु मात्र समाधान हो जस्तो मलाई लाग्दैन ।’
भारतलाई जनआन्दोलन आवश्यक छ
मोहन भागवतको कार्यक्रममा के भने ?
मोहन भागवत अगस्ट ६ मा मुम्बईमा जेन अल्फा र जेन जेडका युवासँग संवाद गर्ने कार्यक्रम रहेको छ । यसबारे दीपकेले भने, ‘संवाद हुनु राम्रो कुरा हो। तर यदि यसका लागि केही युवा अनुहारलाई अगाडि ल्याइयो भने अझ प्रभावकारी हुनेछ ।’ उनले थपे, ‘युवाकै दबाबका कारण प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा रील पोस्ट गर्न थालेका छन् र मोहन भागवत पनि जेन जेडसँग संवाद गर्न चाहिरहेका छन् ।’
दीपकेले भने, ‘ढिलै भए पनि उनीहरूले जेन जेडलाई बेवास्ता गर्न वा अस्वीकार गर्न नसकिने कुरा बुझेका छन् । यी युवा नै देशको भविष्य हुन् । तर, मेरो विचारमा संवादका लागि युवा प्रतिनिधित्व आवश्यक छ । ७०–८० वर्षका व्यक्तिहरूले संवाद गर्नु नराम्रो होइन, तर त्यसबाट जेन जेडले कति अपनत्व महसुस गर्छ ? यदि युवाले युवासँग संवाद गरे भने त्यो अझ प्रभावकारी हुन्छ ।’ दीपकेले झारखण्डमा आन्दोलनरत विद्यार्थीहरूको मागप्रति त्यहाँको राज्य सरकारले बेवास्ता गरिरहेको दाबी पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !