यमन नजिकै आक्रमण हुँदा भारतीय जहाज डुब्यो

यमन नजिकै आक्रमण हुँदा भारतीय जहाज डुब्यो

भारत : यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । भारतका जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले एमएसभी फैज नूरे ओलिया जहाजमा सवार सबै १४ जनालाई सकुशल उद्धार गरिएको बताएका छन् । उद्धार गरिएकामध्ये १३ जना भारतीय नागरिक थिए ।

सोनोवालले यसलाई ‘कुनै उक्साहट बिनाको आक्रमण’ भन्दै कडा निन्दा गरेका छन् । उनले यस क्षेत्रमा नाविकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने पनि बताएका छन् । हालसम्म जहाजमाथि आक्रमण कसले गर्‍यो भन्ने स्पष्ट भएको छैन । तर साउदी समर्थित यमनी सरकारले यस आक्रमणका लागि हूती विद्रोहीहरूलाई जिम्मेवार ठहराएको छ ।

यो घटना लाल सागरमा जहाजमाथि भइरहेका पछिल्ला आक्रमणहरूको शृंखलाकै पछिल्लो कडी हो । यस वर्ष फेब्रुअरीमा इरानले होरमुज जलडमरूमध्य बन्द गरेपछि केही तेल ट्यांकरहरूले वैकल्पिक रूपमा लाल सागरको समुद्री मार्ग प्रयोग गरिरहेका थिए । पछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भइरहेका आक्रमणलाई गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘व्यावसायिक जहाजलाई निशाना बनाउने कार्य तत्काल बन्द हुनुपर्छ । अन्तर्राष्ट्रिय कानुनअनुसार क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र, सुरक्षित र अवरोधरहित जलयात्रा तथा व्यापार यथाशीघ्र पुनःस्थापित गरिनु पर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.