के अमेरिकाको लामो दूरीको क्षेप्यास्त्र भण्डारण सकिएको हो ?

के अमेरिकाको लामो दूरीको क्षेप्यास्त्र भण्डारण सकिएको हो ?

अमेरिका : अमेरिकी सेनाले आफ्नो एक प्रमुख मिसाइल रक्षा प्रणालीका करिब ८० प्रतिशत इन्टरसेप्टर मिसाइल खर्च गरिसकेको छ । यससँगै अमेरिकी सेनाका वरिष्ठ कमान्डरहरूले पेन्टागनको हतियार भण्डार ‘खतरनाक रूपमा न्यून’ अवस्थामा पुगेको चेतावनी दिएका छन् । यो जानकारी विषयसँग परिचित धेरै स्रोतहरूले दिएका हुन् ।

इरानसँगको युद्धका क्रममा अमेरिकाका प्रमुख हवाई रक्षा प्रणालीहरूको भण्डार विशेष रूपमा घटेको बताइएको छ । पछिल्लो सूचीअनुसार युद्धअघि रहेको संख्याको तुलनामा अमेरिकाले आफ्नो टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स प्रणालीका करिब ८० प्रतिशत मिसाइल प्रयोग गरिसकेको छ भने प्याट्रियट इन्टरसेप्टर मिसाइलको करिब आधा खर्च भइसकेको छ । थाडको यति कम मौज्दातबारे यसअघि सार्वजनिक रूपमा जानकारी आएको थिएन ।

सेन्टर फर स्टाटेजी एण्ड इन्टरनेशनल स्टडिजका अनुसार इरानसँगको युद्ध सुरु हुनुअघि अमेरिकासँग करिब २,२०० वटा प्याट्रियट (सबैभन्दा आधुनिक संस्करण) र ४५२ वटा थाड मिसाइल थिए ।

खाडी राष्ट्रहरूको चिन्ता
अमेरिकाका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूले पनि हवाई रक्षा प्रणालीको अभावले इरानबाट सम्भावित प्रतिशोधी आक्रमण रोक्न कठिन हुने चिन्ता व्यक्त गरेका छन् । यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई थप चर्काउने निर्णय गरे, ती देशहरूले आफूहरू पनि जोखिममा पर्ने बताएका छन् ।
तीमध्ये धेरै देश अमेरिकी हवाई रक्षा प्रणालीमै निर्भर छन् । अमेरिकी भण्डार कम हुँदा आफूहरूको पनि इरानी मिसाइल तथा ड्रोन आक्रमण रोक्ने क्षमता कमजोर हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

ट्रम्पले अन्तिम समयमा रोके आक्रमण
स्रोतहरूका अनुसार अमेरिकी हतियार अभाव, इरानको महत्वपूर्ण ऊर्जा पूर्वाधारमा आक्रमण गर्दा हुन सक्ने नकारात्मक असरसम्बन्धी गुप्तचर जानकारी तथा खाडी मुलुकहरूको चिन्ताले ट्रम्पलाई गत सप्ताहन्तका लागि तय गरिएका नयाँ सैन्य आक्रमण रोक्न प्रेरित गर्‍यो ।

शुक्रबार ट्रम्पले ठूलो सैन्य आक्रमण अघि बढाउने योजना बनाएका थिए र रक्षा मन्त्री पीट हेगसेथले अन्तिम स्वीकृति समेत पाइसकेका थिए । तर शनिबार मध्यपूर्वका सहयोगी राष्ट्रहरूसँगको छलफलपछि ट्रम्प पछि हटे । ती राष्ट्रहरूले इरानले आफ्ना ऊर्जा पूर्वाधारमा प्रतिशोध लिन सक्ने डर व्यक्त गरेका थिए । त्यसपछि ट्रम्पले हेगसेथलाई हालका लागि आक्रमण रोक्न निर्देशन दिए । यद्यपि भविष्यमा आक्रमण गर्ने विकल्प भने खुलै राखिएको छ ।

हतियार पर्याप्त रहेको अमेरिकी दाबी
पेन्टागनका मुख्य प्रवक्ता शन पार्नेलले सीएनएनलाई दिएको वक्तव्यमा भनेका छन्, ‘अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सेना हो र राष्ट्रपतिले चाहेको समय र स्थानमा कारबाही गर्न आवश्यक सबै क्षमता उससँग छ ।’ ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले पनि अमेरिकी सेनासँग ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न पर्याप्त हतियार, गोला–बारुद र भण्डार रहेको दाबी गरिन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.