लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त, यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त, यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय
फाइल फोटो

काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

उनी विकास अर्थशास्त्री हुन् । उनले केहि संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गरेकी छिन् । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. खड्गबहादुर केसी र सदस्य सचिवमा प्राध्यापक डाक्टर प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ। 

बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरेको छ । बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने गरेको उनले जानकारी दिए । बैठकले पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने र बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ संघीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.