मन्त्रिपरिषद‍् निर्णय

सुनसरी र सिरहाका मृतकका परिवारलाई क्षतिपूर्ति र राहत  दिने सरकारको निर्णय

सुनसरी र सिरहाका मृतकका परिवारलाई क्षतिपूर्ति र राहत  दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद‍् बैठकले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र राहत तथा  घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

केही दिनअघि सुनसरी र सिरहामा दुई समूहबीचको झडपमा चारजनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ओमप्रकाश मेहता,जयप्रकाश मेहता ,रबिन्द्र मेहता र सिरहामा गणेश यादवको मृत्यु भएको हो।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश र गणेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईजनाको उपचारका क्रममा निधन भएको हो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.