जापानको क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाकी किम यो जोङको सैन्य धम्की

जापानको क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाकी किम यो जोङको सैन्य धम्की
सुन्नुहोस्

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले जापानले अमेरिकामा निर्मित टोमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले ‘थप सैन्य विकल्पहरू’ अपनाउने चेतावनी दिएकी छन् । बुधबार सरकारी सञ्चारमाध्यम केसीएनएमार्फत जारी गरिएको वक्तव्यमा किमले जापानी सेनाले आफ्नो रक्षात्मक भूमिकाबाट टाढिँदै पूर्व–आक्रमण गर्न सक्ने सैन्य शक्तिमा रूपान्तरण भइरहेको आरोप लगाएकी छन्।

प्रशान्त महासागरमा रहेको एजिस विध्वंसक जहाज ‘चोकाई’ बाट जापानले हालै गरेको टोमाहक परीक्षण, अन्य क्षेप्यास्त्र परीक्षण तथा मे महिनामा फिलिपिन्समा अमेरिकाको नेतृत्वमा भएको संयुक्त सैन्य अभ्यासमा जापानको सहभागितालाई उल्लेख गर्दै किमले उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिने बताइन् । जसले जापानलाई आफ्नो सुरक्षामाथि अझ ठूलो खतरा महसुस गराउनेछ ।

‘हामीले उसलाई पछुताउन बाध्य बनाउनु पर्छ’, किमले भनिन् । यो पछिल्ला केही महिनामा टोकियोप्रति उनको सबैभन्दा कडा अभिव्यक्तिमध्ये एक हो । किमले अमेरिकाले टोमाहक क्षेप्यास्त्र उपलब्ध गराएर, त्यसको सञ्चालनका लागि जापानी जहाजहरूमा परिवर्तन गरेर र क्षेप्यास्त्र परीक्षणलाई समर्थन गरेर जापानको सैन्य विस्तारलाई सहयोग गरिरहेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘जापानका यस्ता खतरनाक सैन्य कदमहरूको पछाडि अमेरिका छ ।’ 

क्षेत्रीय सुरक्षामाथि खतरा
यो वक्तव्य अमेरिका, दक्षिण कोरिया र जापानबीचको सुरक्षा सहकार्यको आलोचना गर्दै उत्तर कोरियाले दिएको पछिल्लो प्रतिक्रियामध्ये एक हो । जुलाईदेखि केसीएनएले कम्तीमा ६ वटा सम्पादकीय र टिप्पणी प्रकाशित गर्दै यी संयुक्त सैन्य गतिविधिहरूले क्षेत्रीय सुरक्षालाई खतरा पु¥याएको र कोरियाली प्रायद्वीपमा तनाव बढाएको दाबी गरेको छ । 

विश्लेषकहरूका अनुसार प्योङयाङले जापानको सैन्य आधुनिकीकरणलाई प्रत्यक्ष सुरक्षा खतराका रूपमा प्रस्तुत गर्दै आफ्नै हतियार विकासलाई उचित ठहराउने प्रयास गरिरहेको छ । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका प्राध्यापक याङ मु–जिनले किमको टिप्पणीले जापानका कदमहरूलाई उत्तर कोरियाविरुद्ध अमेरिकी प्रयासको हिस्सा र अमेरिकाको सहयोगमा विकसित भइरहेको सैन्य क्षमताका रूपमा देखाउन खोजेको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.