सरकार असफलतातिर अघि बढ्दैछ, फेरि आन्दोलन र विद्रोहको वातावरण बन्दैछ : विप्लव

सरकार असफलतातिर अघि बढ्दैछ, फेरि आन्दोलन र विद्रोहको वातावरण बन्दैछ : विप्लव
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका हुन् ।

उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । जनता र नयाँ पुस्तामा असन्तुष्टि बढेर पुनः आन्दोलन र विद्रोहको वातावरण सिर्जना भइरहेको उनले बताए । विप्लवले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिएको, उनीहरूको मनोबल बढेको र धरौटी वा बिना धरौटी सहजै रिहाइ भइरहेको प्रति चिन्ता व्यक्त गरे ।

सरकार कुनै स्पष्ट नेतृत्व वा दिशानिर्देश बिना चलेको जस्तो देखिएकाले जनता अन्योलमा परेको उनको भनाइ छ । साथै उनले विद्यमान प्रणाली र सरकार असफलतातिर गइरहेकाले नेपाली युवा, जेन–जी र सर्वसाधारणको सहभागितामा स्पष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक प्रस्तावसहित नयाँ निकास खोज्नु पर्नेमा जोड दिए । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई परम्परागत र पुराना शैलीबाट मात्र नहेरी गम्भीर समीक्षा र व्यापक बहस गर्नुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.