भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका  कार्यालय प्रमुख डा.राम पवित्र दाससमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध आज विशेष अदातल काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

आयोगले उनीहरूविरुद्ध १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।

आयोगका अनुसार कार्यालय प्रमुख दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए वाफतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन मागेका थिए। उनीहरूले भुक्तानी रोक्ने तथा दबाब सिर्जना गर्दै घुस दिन बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा दुवैजनाले मिलेमतोमा घुस लिएको पुष्टि भएको भन्दै उनीहरूविरुद्ध सोही रकम बराबरको विगो र कैद सजायको मागसहित अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.