शेख हसिनाको पूर्वसरकारी निवास बन्यो ‘जुलाई जन-विद्रोह स्मृति संग्रहालय’

शेख हसिनाको पूर्वसरकारी निवास बन्यो ‘जुलाई जन-विद्रोह स्मृति संग्रहालय’
सुन्नुहोस्

ढाका :  बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवास ‘गणभवन’लाई ‘जुलाई जनविद्रोह स्मारक सङ्ग्रहालय’ घोषणा गरिएको छ । २०२४ को जुलाई-अगस्टमा भएकाे  विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा उक्त सङ्ग्रहालय स्थापना गरिएको हो

अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेअनुसार  प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेरे-बङ्गला नगरस्थित गणभवन परिसरमा आयोजित एक कार्यक्रमका बीच सङ्ग्रहालयको उद्घाटन गरेका हुन्। सन् २०२४ अगस्ट ५ का दिन शेख हसिना देश छाडेर भारत प्रस्थान गरेकी थिइन्। सोही घटनाको स्मरणमा अगस्ट ५ कै अवसर पारेर उद्घाटन कार्यक्रम आयोजना गरिएको हो।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले फेब्रुअरी २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार १५ जुलाईदेखि १५ अगस्ट २०२४ सम्म चलेको विद्यार्थी आन्दोलन (जुलाई जनविद्रोह) का क्रममा करिब १,४०० जनाले ज्यान गुमाएका थिए। प्रतिवेदनमा तत्कालीन हसिना सरकारले प्रदर्शनकारीहरू विरुद्ध सुरक्षा फौजको प्रयोग गरी कडा दमन चलाएको उल्लेख छ।

सरकारी सेवामा कायम कोटा प्रणालीको विरोधबाट सुरु भएको व्यापक जनप्रदर्शन चर्किएपछि ५ अगस्ट २०२४ मा शेख हसिनाले पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन्। त्यसको तीन दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

सरकारी समाचार संस्था बीएसएसका अनुसार गणभवनलाई सङ्ग्रहालयमा रूपान्तरण गरी संरक्षित गर्ने प्रक्रियाको सुरुवात युनुस नेतृत्वको अन्तरिम सरकारले गरेको थियो। २०२४ को ऐतिहासिक जनआन्दोलनका सम्पूर्ण दस्तावेज सुरक्षित राख्नु र आन्दोलनमा बलिदानी दिनेहरूप्रति उच्च सम्मान प्रकट गर्नु यस सङ्ग्रहालयको मुख्य उद्देश्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.