ट्रान्सफर्मर चोरी हुँदा दुई सय घरमा खानेपानीको हाहाकार

ट्रान्सफर्मर चोरी हुँदा दुई सय घरमा खानेपानीको हाहाकार
सुन्नुहोस्

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका-१३ बिजलपुरास्थित पञ्चधुरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएपछि करिब दुई सय घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन्।

मंगलबार राति आएको चोरको समूहले पोलमा जडान गरिएको ट्रान्सफर्मर तल झारी त्यसभित्र रहेको तामा निकालेर लगेको वडाध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए। ट्रान्सफर्मर नै क्षतिग्रस्त बनाएर तामा चोरी गरिएकाले खानेपानी सञ्चालन पूर्ण रूपमा ठप्प भएको उनले बताए।

बुधबार बिहानदेखि धारामा पानी आउन छाडेपछि स्थानीय उपभोक्ता खानेपानीको चरम समस्यामा परेका छन्। दैनिक उपभोगका लागि समेत पानीको अभाव भएपछि स्थानीयवासीले चोरी नियन्त्रणमा सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाले घटनाको अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी तीव्र पारिएको बताए।

स्थानीय वडा सदस्य ठकाइ महतोका अनुसार यस क्षेत्रमा यसअघि पनि ट्रान्सफर्मर चोरी भएको थियो। पटक-पटक यस्ता घटना दोहोरिनुले विद्युत् तथा सार्वजनिक पूर्वाधारको सुरक्षा कमजोर रहेको देखिएको स्थानीयको भनाइ छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अवरुद्ध खानेपानी सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणमार्फत नयाँ ट्रान्सफर्मर जडानको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको खानेपानी आयोजनाको ट्रान्सफर्मर नै चोरी हुँदा सयौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित भएका छन्। स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक सम्पत्तिको सुरक्षा कडा बनाउन प्रशासनसँग माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.