लुकाइछिपाइ ग्यास बिक्री-वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी, सादा पोसाकमा प्रहरी परिचालन

लुकाइछिपाइ ग्यास बिक्री-वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी, सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहुँच, चिनजान वा लुकाइछिपाइका आधारमा खाना पकाउने ग्यास बिक्री-वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनले यस्तो गतिविधिमाथि निगरानी गर्न सादा पोशाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जनाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री गर्ने डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा डिलरबाट ल्याएको ग्यास लुकाइछिपाइ आफू निकट व्यक्ति, होटल, व्यवसायी वा सीमित ग्राहकलाई मात्र बिक्री-वितरण गरिरहेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरेको छ।

प्रशासनका अनुसार यस्तो कार्य प्रचलित कानुनविपरीत भएकाले सम्बन्धित डिपो, पसल, फर्म तथा कम्पनीमाथि नियमित अनुगमन भइरहेको छ। अनुगमनलाई प्रभावकारी बनाउन सूक्ष्म निगरानीका लागि सादा पोशाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।

प्रशासनले पहुँच र चिनजानका आधारमा ग्यास बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्न भण्डारण गरी लुकाउने वा अन्य गैरकानुनी गतिविधिमा संलग्न पाइए कडा कारबाही गरिने जनाएको छ। त्यस्ता स्थानमा लुकाएर राखिएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.