नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने
सुन्नुहोस्

काठमाडौं : जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्। ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा ३२ प्रशिक्षक सहभागी हुनेछन्। 

नेपालबाट आर्चरीमा १/१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २/२ पुरुष/महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १/१ पुरुष/महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुनेछन्।

त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३/३ पुरुष/महिला, कबड्डीमा १२/१२ पुरुष/महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १/१ पुरुष/महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३/३ पुरुष/महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

चीनको हाङझावमा भएको १९औं एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएका थिए। १ सय २६ पुरुष र १ सय २७ महिला खेलाडीले भाग लिए।

हाङझाव एसियाडमा नेपालले समान १/१ रजत र कांस्य पदक जितेको थियो। ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए। एसियाडमा दुवैको पहिलो सहभागिता थियो। २०औं एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.