कप्तानगन्ज घटनापछि सुनसरीमा ३ जनाको मृत्यु, ६९ सवारीसाधन र ११२ सर्वसाधारणको सम्पत्तिमा क्षति

कप्तानगन्ज घटनापछि सुनसरीमा ३ जनाको मृत्यु, ६९ सवारीसाधन र ११२ सर्वसाधारणको सम्पत्तिमा क्षति
सुन्नुहोस्

सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि जिल्लाभर ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार घटनामा हालसम्म ४० जना घाइते भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

डीएसपी खड्काले दिएको क्षति विवरणअनुसार घाइतेमध्ये १२ जना उपचाररत छन् भने २५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा ६९ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये २ पाङ्ग्रे ५२ वटा सवारीसाधनमा क्षति पुगेको छ, जसमा ४४ वटा पूर्ण रूपमा नष्ट भएका छन् भने ८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै ३ पाङ्ग्रे ८ वटा सवारीसाधनमध्ये ५ वटा पूर्ण रूपमा र ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ४ पाङ्ग्रे ४ वटा सवारीसाधनमध्ये १ वटा पूर्ण रूपमा नष्ट भएको तथा ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

त्यस्तै सर्वसाधारणका ११२ वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। जसअनुसार २३ वटा पक्की घरमा क्षति पुगेको छ। तीमध्ये १३ वटा पूर्ण रूपमा, १० वटा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् भने १ वटा सामान्य क्षति भएको डीएसपी खड्काले बताए। कच्ची घरतर्फ ३४ वटा घरमा क्षति पुगेको छ। तीमध्ये २५ वटा पूर्णरूपमा जलेर वा भत्किएर नष्ट भएका छन् भने ८ वटा आंशिकरूपमा र १ वटा सामान्यरूपमा क्षतिग्रस्त भएको उनले बताए। घटनामा ५० वटा घर तथा टहरामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये ३७ वटा पूर्ण रूपमा नष्ट भएका छन् भने १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै २ वटा मन्दिरमा आंशिक क्षति पुगेको छ। ५ वटा अन्य संरचनामध्ये ३ वटा पूर्णरूपमा, १ वटा आंशिकरूपमा तथा १ वटा सामान्यरूपमा क्षतिग्रस्त भएको प्रहरीले बताएक छ। एक वटा इट्टाभट्टामा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षा निकायले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। क्षतिको यथार्थ विवरण संकलन, पीडितको राहत तथा पुनःस्थापनाको काम सम्बन्धित निकायहरूसँग समन्वय गरेर अघि बढाइएको उनले बताए।

देवानगन्ज-३ मा भएको हिंसात्मक घटनापछि घर, सवारीसाधन तथा धार्मिक संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्नुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको थियो। हालः अवस्था क्रमशः सामान्य बन्दै गए पनि घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.