के सीजेपी आन्दोलनमा हुँदै थियो आतंकवादी हमला ? बम बनाउने सामग्री पुगेको दाबी

के सीजेपी आन्दोलनमा हुँदै थियो आतंकवादी हमला ? बम बनाउने सामग्री पुगेको दाबी

भारत : पञ्जाब प्रहरीले पाकिस्तानको गुप्तचर संस्था आईएसआईको समर्थन र सीमापारबाट सञ्चालित दुई आतंकवादी मोड्युलको पर्दाफास गरेको जनाएको छ । यस कारबाहीको एक दिनपछि बुधबार प्रहरीले तीमध्ये एक मोड्युलले हालै दिल्लीको जन्तर–मन्तरमा भएको विद्यार्थी आन्दोलनलाई पनि निशाना बनाउने योजना बनाएको दावी गरेको छ । साथै, मोड्युलका सदस्यहरू आवश्यक सहयोग र पेट्रोल बम बनाउन प्रयोग हुने सामग्री लिएर त्यहाँसम्म पुगेको दावी गरिएको छ । 

यसअघि मंगलबार पञ्जाब प्रहरीले चार नाबालिगसहित नौ जनालाई पक्राउ गरिएको र उनीहरूको साथबाट हतियार तथा गोला–बारुद बरामद भएको जनाएको थियो । अमृतसरका प्रहरी आयुक्त गुरप्रीत सिंह भुल्लरका अनुसार आईएसआई समर्थित एक आतंकवादी ह्यान्डलरले आन्दोलनका क्रममा मोड्युलका केही सदस्यलाई जन्तर–मन्तर पठाएको थियो ।

विस्फोट गराउने योजना रहेको दाबी

भुल्लरले भने, ‘यो योजना कार्यान्वयन गर्न आईएसआई समर्थित एक आतंकवादी ह्यान्डलरले सहयोग गरेको थियो । मोड्युलका केही सदस्य आन्दोलनका बेला जन्तर–मन्तर पुगेका थिए । उनीहरूलाई सम्भावित आक्रमणका लागि आवश्यक सहयोग तथा पेट्रोल बम बनाउन प्रयोग हुने सामग्री उपलब्ध गराइएको थियो । तर उनीहरूले आफ्नो योजना कार्यान्वयन गर्न सकेनन् । हालै मोड्युलको पर्दाफास भएपछि उनीहरू पक्राउ परेका छन् ।’ 

पञ्जाब प्रहरीले प्रारम्भिक अनुसन्धानबाट विदेशमा रहेका आईएसआई समर्थित ह्यान्डलरहरूले स्थानीय युवाहरूलाई आतंकवादी गतिविधिमा संलग्न गराउने र सार्वजनिक शान्ति भंग गर्ने उद्देश्यले भर्ती गर्न खोजिरहेको खुलासा भएको जनाएको छ ।

सुरक्षा बलमाथि निगरानी गर्ने जिम्मेवारी
भुल्लरका अनुसार दुईमध्ये एक आतंकवादी मोड्युललाई सुरक्षा निकायका संरचना र सुरक्षाकर्मीहरूको निगरानी (रेकी) गर्ने, उनीहरूको भिडियो खिचेर ह्यान्डलरसम्म पुर्‍याउने जिम्मेवारी दिइएको थियो । साथै, प्रहरी तथा अन्य सुरक्षा निकायका जवानलाई निशाना बनाउने निर्देशन पनि दिइएको थियो ।

उनले नाबालिगहरूलाई समेत देशविरोधी गतिविधिमा संलग्न हुन उक्साइनु चिन्ताजनक विषय भएको बताए । उनका अनुसार विभिन्न माध्यमबाट मोड्युलका सदस्यहरूलाई आर्थिक सहयोग पनि पठाइँदै आएको थियो ।

सीजेपीको ३६ दिने आन्दोलन
नीट परीक्षाको विषयमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जन्तर–मन्तरमा ३६ दिनसम्म चलेको विद्यार्थी आन्दोलन सरकारद्वारा तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित अन्य माग स्वीकार गरेपछि फिर्ता भएको थियो ।

पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले मंगलबार अमृतसर प्रहरी आयुक्तालयले आईएसआई समर्थित तथा सीमापारबाट सञ्चालित दुई आतंकवादी मोड्युलको सफलतापूर्वक पर्दाफास गरेको र चार नाबालिगसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.