ग्वार्कोमा बस दुर्घटना :एकजनाको मृत्यु, १९ घाइते
काठमाडौं : ललितपुरको ग्वार्कोमा बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।प्रहरी वृत्त सातदोबाटो ललितपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी ४० वर्षीया जेनिसा लामाको उपचारका क्रममा मृत्यु भएको हो।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरबाट सातदोबाटोतिर आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाइओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !