सोनम वाङचुक किन चाहन्थे राहुल गान्धीको हातबाट अनशन तोड्न ?

सोनम वाङचुक किन चाहन्थे राहुल गान्धीको हातबाट अनशन तोड्न ?
सुन्नुहोस्

भारत : नीट पेपर लीक (प्रश्नपत्र चुहावट) को विरोधमा पहिले जन्तर–मन्तर र त्यसपछि अस्पतालमै बसेर पनि २६ दिनसम्म अनशन गरेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले नयाँ खुलासा गरेका छन् । 

केन्द्रीय मन्त्रीहरूको हातबाट अनशन अन्त्य गरेको भन्दै आलोचना खेपिरहेका वाङचुकले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् कि वास्तवमा उनी लोकसभाका विपक्षी नेता राहुल गान्धीको हातबाट आफ्नो अनशन अन्त्य गर्न चाहन्थे, तर त्यहाँबाट सकारात्मक जवाफ आएन । वाङचुकले भनेका छन् कि उनी यस विषयमा धेरै कुरा बोल्न चाहँदैनन्, किनकि त्यसले केन्द्र सरकारविरुद्ध बनेको एकतालाई कमजोर बनाउन सक्छ।

‘सबै दलका नेताहरूसँग निराश छु’

इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा सोनम वाङचुकलाई उनकी पत्नी गीताञ्जली आङ्मोले राहुल गान्धीको प्रधानमन्त्री निवास अगाडि गरिएको प्रदर्शनको आलोचना गरेपछि कांग्रेस पक्षबाट आलोचना भएको विषयमा प्रश्न गरिएको थियो ।

जवाफमा वाङचुकले भने, ‘म सबै दलका नेताहरूसँग निराश छु । मैले कसरी मन्त्रीहरूले मेरो विश्वास तोडे भन्ने कुरा बताइसकेको छु । त्यसैगरी, गीताञ्जलीले राहुल गान्धीबारे गरेको टिप्पणी पनि मेरो निराशाबाट प्रभावित थियो ।’ 

‘राहुल गान्धीका लागि धेरै प्रयास गरिएको थियो’
वाङचुकले भने, ‘मसँग भन्नका लागि धेरै कुरा छन्, तर म अहिलेको सरकारविरुद्ध बनेको एकतालाई कमजोर बनाउन चाहन्नँ । देशलाई डर, अन्याय र भ्रष्टाचारबाट मुक्त बनाउन भइरहेको प्रयासमा म कटुता ल्याउन चाहन्नँ ।’

उनले थपे, ‘तर यति भन्न चाहन्छु कि म आफ्नो अनशन राहुल गान्धीको हातबाट अन्त्य गराउन चाहन्थें । गीताञ्जलीले त्यसका लागि प्रयास गरिरहेकी थिइन् । उनी राहुल गान्धीको विरोधमा थिइनन् । उनले धेरै प्रयास गरिन् कि राहुल गान्धीले मेरो अनशन अन्त्य गराइ दिऊन्, तर त्यहाँबाट सकारात्मक जवाफ आएन ।’

पत्नीमाथि भएको आलोचनाबारे के भन्छन् वाङचुक ?
सोनम वाङचुकले उनकी पत्नी गीताञ्जलीले राहुल गान्धीबारे केवल एउटा टिप्पणी गरेको बताए । उनका अनुसार गीताञ्जलीले भारतीय जनता पार्टी (भाजपा) बारे ४–५ वटा कडा टिप्पणी गरेकी थिइन् । तर भाजपाले प्रतिक्रिया नदिएको र कांग्रेस समर्थक समूहले भने आफू र आफ्नी पत्नीलाई ट्रोल गर्न थालेको उनको आरोप छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.