मापसे गरेर चलाएको ग्यास ट्याङ्करले ई–रिक्सालाई दियो ठक्कर : घाइते ९ जनामध्ये ६ जना गम्भीर

मापसे गरेर चलाएको ग्यास ट्याङ्करले ई–रिक्सालाई दियो ठक्कर : घाइते ९ जनामध्ये ६ जना गम्भीर
सुन्नुहोस्

काठमाडौं : वीरगञ्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८ बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेहरुलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा लगि उपचार भइरहेको प्रहरीको भनाई छ ।

दुर्घटनापछि फरार भएको ग्याँस ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको छ । चालक भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन् । चालकले मादक पदार्थसमेत सेवन गरेको स्वास्थ्य परीक्षण पश्चात खुल्न आएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.