लुटेराको आक्रमणबाट घाइते युगान्डाका स्टार फुटबलर डेभिड ओवोरीको निधन

लुटेराको आक्रमणबाट घाइते युगान्डाका स्टार फुटबलर डेभिड ओवोरीको निधन
सुन्नुहोस्

युगान्डा : युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको निधन भएको छ । मंगलबार संदिग्ध लुटेराहरूले ओवोरीमाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ । लुटपाटको विरोध गर्ने क्रममा उनीमाथि आक्रमण भएपछि उनी बेहोस भएका थिए ।

आक्रमणपछि ओवोरीलाई सुरुमा नजिकैको क्लिनिकमा लगिएको थियो । त्यसपछि उनलाई सहरकै एक निजी अस्पतालमा रिफर गरिएको थियो । तर उपचारकै क्रममा बुधबार उनको निधन भयो । प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणकारीहरूको समूहले ओवोरीमाथि ढुंगाले प्रहार गरी गम्भीर घाइते बनाएको थियो । त्यसपछि उनीहरू सामान लुटेर घटनास्थलबाट फरार भएका थिए । आक्रमणपछि ओवोरी बेहोस अवस्थामा फेला परेका थिए । 

यस घटनापछि युगान्डाभर शोकको लहर छाएको छ । बढ्दो हिंसात्मक अपराधप्रति सर्वसाधारणले आक्रोश समेत व्यक्त गरेका छन् । २७ वर्षीय डेभिड ओवोरी युगान्डा प्रिमियर लिगका सफल क्लब एससी भिल्लाका कप्तान थिए । उनी टोलीका लागि राइट–ब्याक र मिडफिल्डरको भूमिकामा खेल्थे । उनले युगान्डाको राष्ट्रिय फुटबल टोली ‘क्रेन्स’ को समेत प्रतिनिधित्व गरेका थिए । एससी भिल्लाले जारी गरेको श्रद्धाञ्जली सन्देशमा भनिएको छ, ‘हामीले केवल एक खेलाडी मात्र होइन, एक नेता, एक दाजुभाइ र एक साथी पनि गुमाएका छौं ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.