पल्सरले ल्यायो नेपाली राइडरका लागि सुनौलो अवसर, ‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’

पल्सरले ल्यायो नेपाली राइडरका लागि सुनौलो अवसर, ‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
सुन्नुहोस्

काठमाडौं : पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ।

यस अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्दछ। पल्सर नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ, जसले नेपाली राइडरहरूलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर प्रदान गर्नेछ।

सहभागीहरूले भिडियो, संगीत, एआई आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानको मुख्य आधार भनेको वास्तविक र मौलिक अनुभव हो। उत्कृष्ट कथाहरूले "25 Years of Daring the World" को भावना झल्काउनुपर्नेछ। छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको आवाज पनि विश्वभर पुग्नेछ।

अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले अमेरिकी डलर ५०० बराबरका उपहार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z जित्ने अवसर पाउनेछन्। अभियान सुरु भइसकेको छ र २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ।
अभियानमा सहभागी हुन राइडरहरूले:
• पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्नुपर्नेछ। 
• #MyPulsarStory ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। 
• @mypulsarofficial र @pulsarnepal लाई ट्याग गर्नुपर्नेछ। 
• २०२६ सेप्टेम्बर ४ भित्र आफ्नो सामग्री पेश गर्नुपर्नेछ। 

बजाजका लागि यो उत्सव केवल मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने अवसर मात्र होइन, पल्सरलाई आजको स्थानसम्म पुर्‍याउने राइडरहरूको साहस, यात्रा, उपलब्धि र अविस्मरणीय अनुभवप्रति सम्मान व्यक्त गर्ने अवसर पनि हो। आफ्ना वास्तविक अनुभवलाई यस उत्सवको केन्द्रमा राखेर बजाजले पल्सरको सफल यात्रामा योगदान पुर्‍याएका सबै राइडरहरूलाई सम्मान गर्दै उनीहरूको प्रेरणादायी कथा विश्वसामु प्रस्तुत गर्न चाहेको छ।
अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू जान्न इच्छुक राइडरहरूले (HH Bajaj Nepal) एचएच बजाज नेपालको आधिकारिक वेबसाइटमा गएर थप जानकारी लिन सक्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.